२१ फागुनमा होस् कि, जेठमा, कातिक, मंसिरतिर होस् चुनाव त हुन्छ : केपी ओली
नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहिले भएपनि मुलुकमा चुनाव हुने भएकाले त्यसको तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पक्षमा चुनावी परिणाम ल्याउने गरी अगाडि बढ्न आग्रह गरेका हुन् ।
‘चुनाव २१ फागुनमा होस् कि, जेठमा होस् कि कात्तिक, मंसिरतिर होस् चुनाव त हुन्छ’ ओलीले भनेका छन्, ‘जहिले चुनाव भएपनि हामीले स्वीपआउट गर्ने हो । प्रमुख पार्टी बन्न धेरै मेहनत गर्नैपर्दैन । अरु पार्टी छँदै छैन त ।’
२१ फागुनका लागि तय भएको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मनोनयन भएर अगाडि बढिसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गते हुँदैछ । प्रत्यक्ष तर्फको मनोनयन हुनु केही दिन अगाडि समेत एमालेका अध्यक्ष ओलीले जहिले भएपनि चुनाव हुने बताएका हुन् ।
एमालेका उम्मेदवारलाई चुन...









