Sunday, October 4

समाचार

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी
राजनीति, समाचार

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी

नेपालअखबार,काठमाडौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने रहेको छ । मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा ...
सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय श्रेणीका १४ जना अधिकृतहरूलाई सरुवा तथा कामकाजका लागि नयाँ निकायमा खटाएको छ। मन्त्रालयको असोज १४ गतेको निर्णयानुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयहरूमा कार्यरत अधिकृतहरूको सरुवा र कामकाज हेरफेर गरिएको हो। यस्तो छ सरुवा तथा काज हेरफेरकाे सूची :...
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
कृषि, समाचार, समाज

चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

नेपालअखबार, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पालेकाे १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो । उाका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उनले भने, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखेँ ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उनले बताए । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उनले बताए । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उनले जानकारी दिए । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उनले बताए । विसं २०७२ देखि मौरीपालन गर्दै आएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २...
आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने
प्रशासन, समाचार, समाज

आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने

नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्गमा आजदेखि सवै किसिमका सवारी साधन सञ्चालन हुने भएको छ। असोज ७ देखि भएको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि अवरूद्ध राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार बेलुकी सूचना जारी गर्दै थप पहिरो नखसे बुधबार दिउँसो १ बजेदेखि सबै किसिमका सवारी साधन सञ्चालन हुने जानकारी दिएकी छन्। यसअघि पहिरोका कारण विभिन्न ठाउँमा सवारी आवागमन एकतर्फी सञ्चालनमा थियो। 'पहिरो लगायतका अवरोधहरू हटाउने काम भइरहेको र हाल एकतर्फी मात्रै सवारी आवागमन सुचारू भएकामा थप पहिरो/अवरोध नआए मिति २०८३/०६/१४ गते बुधबार अपराह्न १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' प्रजिअ पाण्डेयले जारी गरेको सूचन...
काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार
प्रशासन, समाचार

काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार

नेपालअखबार, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने बिजुली रोकिएपछि वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले बताएका छन् । भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ । थप भूमिगत ग्रिड निर्माणका लागि काठमाडौं महानगरपालिकासँग छलफल मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्...
बेनी–मालढुंगा–कोरला सडक : पहिरो हटाउने र संरचना निर्माण कार्य तीव्र
समाचार, समाज

बेनी–मालढुंगा–कोरला सडक : पहिरो हटाउने र संरचना निर्माण कार्य तीव्र

नेपालअखबार,काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ । सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकीसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । तातोपानी क्षेत्रमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माणको काम पूरा गरी आज बेलुकीसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै पोखरेबजार पुलको एप्रोच निर्माण भोलि बेलुकीसम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । रघुघाट जलविद्युत् आयोजनाको क्षेत्रमा काटिएको सडकमा पनि ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुक...
बुटवलमा सुरु भयो साइबर सुरक्षा प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार
प्रविधि, समाचार, समाज

बुटवलमा सुरु भयो साइबर सुरक्षा प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

नेपालअखबार,बुटवल । साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा तथा प्रविधिप्रेमीलाई लक्षित गरी बुटवलमा राष्ट्रियस्तरको नेपाल साइबरसिल्ड-२०२६ प्रतियोगिताको तयारी सुरु भएको छ । नेपालमा साइबर सुरक्षाप्रति युवाको रुचि र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले ‘क्याप्चर द फ्ल्याग’ थिममा प्रतियोगिता आयोजना गरेको हो । साइबर सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता तथा प्राविधिक दक्षता परीक्षण गरिने प्रतियोगिताको पहिलो चरणको छनोट असोज १७ गते अनलाइन माध्यमबाट हुने कार्यक्रम संयोजक सन्देश आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा एक्लै वा चार जनासम्मको टोली बनाएर सहभागी हुन सकिने उनले बताए । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने १० टोली बीच आगामी कार्तिकमा फाइनल प्रतिस्पर्धा हुने आचार्यले बताए । प्रतियोगिता...
दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल चुँडियो, आवतजावत ठप्प
समाचार, समाज

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल चुँडियो, आवतजावत ठप्प

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको पुल चुँडिएको छ। बुधबार बिहान पुलको बिचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुँडिएको हो। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।पुलको लम्बाइ १ हजार ४५२।९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ। महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो।...
भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग
प्रशासन, समाचार, समाज

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

नेपालअखबार,कास्की । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ । उनले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताए । “विपद् प्रभावित नागरिकका लागि जिल्लामा स्वतःस्फूर्त रूपमा ठूलो रकम जम्मा भएको छ । कतिपयले प्रशासनमा जानकारी गराएका छन् भने कतिपयले जानकारी नगराई आफ्नै हिसाबले समेत...
पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
समाचार, समाज

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

नेपालअखबार,काठमाडौँ । बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् । गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन्। मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा) मा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसैगरी लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म–गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी तथा स्थानीय प्रश...