Monday, July 6

समाचार

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा प्रधानमन्त्रीको  राजीनामा माग
राजनीति, समाचार

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा प्रधानमन्त्रीको राजीनामा माग

नेपालअखबार,विराटनगर । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) १ नम्बर प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति विरोध जनाउँदै राजीनामाको माग गरेको छ। सङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको हो। विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ भनी दिएको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवारपूर्ण रहेको दाबी गरिएको छ। सङ्घले यसलाई कुटनीतिक मर्यादा र संविधान विपरीतको संज्ञा दिँदै राष्ट्रहितको विरुद्धमा रहेको ठहर गरेको छ। ‘नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता विपरीत दिइएको यस्तो राष्ट्रघाती अभिव्यक्तिको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। सङ्...
रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने
राजनीति, समाचार

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने

नेपालअखबार, काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने भएका छन्। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका एक नेताले बताए। भेटवार्ता नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुनेछ। भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने ती नेताले जानकारी दिए। लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ। भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार...
मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु
समाचार, समाज

मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु

नेपालअखबार,कास्की । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको मुग्लिन–पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । उक्त खण्डमा अहिले स्तरोन्नति अन्तिम चरणमा छ । चार लेनमा सडकमा कालोपत्र सकिएको छ । “सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा छ, सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट सुरु गरेका छौँ । अडिटका क्रममा सडकको मोड, चोक, पुल, साइनबोर्ड, डिभाइडर, सडकबत्ती, पैदलयात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिनेछ”, आयोजना प्रमुख कुँवरले भने । सरकारको १०० बुँदे कार्ययोजनामा समेत मुग्लिन–पोखरा सडकमा सेफ्टी अडिट गर्ने र यसको प्रतिवेदन अन्य सडकमा समेत लागू गर्ने...
सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ
अपराध, प्रशासन, समाचार

सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ

नेपालअखबार,सिरहा । सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।...
मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।
पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने, विजेतालाई १ लाख १५ हजार
खेलकुद, समाचार

पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने, विजेतालाई १ लाख १५ हजार

नेपालअखबार,पोखरा । पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने भएको छ। विश्वविद्यालय अन्तर्गतकै फुटबल क्लबले जेठ २९ गतेदेखि असार ५ गतेसम्म तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो । लेखनाथको भण्डारढिक खेल मैदानमा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । नेपालभरका विश्वविद्यालयस्तरीय कलेजहरूलाई खेलकुदको माध्यमबाट जोड्ने र विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिमान प्रधानले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यसैगरी उपविजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । उत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३, उत्कृष्ट डिफेन्...
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद ढकाल
राजनीति, समाचार

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद ढकाल

नेपालअखबार,हेटौँडा । नेकपा बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको भूमि मिचेको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्ने बताएका हुन् । सोमबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद ढकालले देशको नेतृत्वकर्ता र अभिभावकको रूपमा रहेको व्यक्तिबाट यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु स्तब्धकारी र आपत्तिजनक रहेको उनले बताए । प्रधानमन्त्री शाहले राजीनामा गराएर उनी माथि राष्ट्रघातको मुद्दा चलाउन सांसद ढकालले माग गरे । प्रमुख सचेतक ढकालले प्रधानमन्त्रीले सङ्घीय संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि गम्भीर प्रहार गरेको बताए । प्रमुख सचेतक ढकालले सीमाव...
महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ
प्रशासन, समाचार, समाज

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ

नेपालअखबार,जाजरकोट । जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन्। गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ । महिलामाथि दुर्व्यवहार भएको उजुरीका आड्ढारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले शाहीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप...
दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीति, समाचार

दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी

नेपालअखबार,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित हुनेगरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छिन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त आवश्यक्ता औंल्याइन् । पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्बद्ध निकायहरूलाई पनि दलित पत्रकारहरूको हकमा आन्तरिक रुपमा पनि समावेशी नीति कडाईका साथ पालना गराउन आग्रह गरिन् । उनले दलितको सवाललाई कुनै एउटा समूदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रुपमा मिडियाहरूले प्राथमिकताका साथ लिनु पर्ने समेत बताइन् । ‘म राज्यको सबै निकाय, नागरिक समाज र विशेष गरी मिडिया सञ्चालकहरूलाई आग्रह गर्न चाहन्छु–मिडियालाई साँच्चकै लोकतान्त्रिक...
राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित
राजनीति, समाचार

राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित

नेपालअखबार, काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।