चाडपर्वमा खाद्यान्नको मूल्य बढ्न नदिन प्रशासनको सक्रियता
नेपालअखबार,झापा । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र पारेको छ ।
चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको सहज आपूर्तिको व्यवस्था मिलाएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका समयमा बजारमा खाद्यान्नको अभाव तथा कालोबजारी हुन नदिन नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।
“चाडपर्वका बेला बजारमा अभाव र कालोबजारी हुन नदिन सरकारी संस्थानसँग समन्वय गरेर सहुलियत दरमा दैनिक उपभोग्य ...










