Thursday, July 30

समाचार

माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, अर्का घाइते
समाचार, समाज

माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, अर्का घाइते

नेपालअखबार,दाङ । दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु भएको छ। अर्का किशोर घाइते छन् । माटोको ढिस्कोले पुर्दा जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ वर्षीय दीपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए। त्यो घटनामा परी १८ वर्षीय सुमित यादव घाइते छन्। उनी खतरा मुक्त रहेको डिएसपी केसीले बताए। शनिबार राति ९ बजेतिर  बेलास्थित दुर्गा सामुदायिक वन भित्र ट्याक्टरसहित लुकिछिपी माटो लिन भनेर  गएका मध्य एक जना बाललको  माथिबाट झरेको माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। डिएसपी केसीका अनुसार ट्याक्टर चालक स्थानीय २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले मध्य राति नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय गढवाका अनुसार ढिस्कोले पुर्दा अचेत अवस्थामा उद्धार गरि लमही अस्पताल पुर्‍याउना साथ चिकित्सकले चेकजाँ...
त्रिवि एमबिएसको  प्रश्नपत्र आउट परीक्षा सुरू भएको केही मिनेटमै
शिक्षा, समाचार

त्रिवि एमबिएसको प्रश्नपत्र आउट परीक्षा सुरू भएको केही मिनेटमै

नेपालअखबार,काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र बाहिरिएको खुलेको छ। साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको खुलेको हो। ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको खुलेको हो। केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज 'टियु स्टुडेन्ट्स'ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो। ‘प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२ बजे सुरू भएको थियो। तर, करिब १२:०५ बजेतिर नै परीक्षा प्रश्नपत्रहरू विभिन्न ह्वाट्सएप समूहमा साझा भएको दाबी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता...
फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित
विदेश, समाचार, समाज

फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित

नेपालअखबार,काठमाडौं । फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि उद्धार र नियन्त्रणका प्रयासहरू चुनौतीपूर्ण बनेका छन्। स्पेनमा करिब ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने फ्रान्समा १ लाख ९७ हजार मानिस विस्थापित भएका छन्। तीमध्ये ठूलो संख्या दक्षिणपश्चिमी वाइन उत्पादनका लागि प्रसिद्ध बोर्डो क्षेत्रका बासिन्दा हुन्। डढेलोको गम्भीर अवस्थालाई मध्यनजर गर्दै स्पेनले इतिहासमै पहिलोपटक डढेलोकै कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ। उता फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई सम्भवतः देशको शान्तिकालकै सबैभन्दा ठूलो सामूहिक विस्थापन भनेका छन्। दुवै देशमा सयौं अग्निनियन्त्रक आगो नियन्त्रणमा खटिए पनि डढेलो रोक्न सफल भएका छै...
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
राजनीति, समाचार

गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए

नेपालअखबार,पोखरा। गण्डकी प्रदेश सभाबाट सर्वसम्मत पारित भएको गाँजा विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद्‌मै फिर्ता पठाइदिएका छन्। सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको विधेयक नेपालको संविधान र सङ्घीय कानुनसँग बाझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गरेका हुन्। प्रदेश सभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बनाएको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले विज्ञप्ति जारी गरी प्रदेश सभा सचिवालयबाट २०८३ असार ३० गते प्राप्त भएको उक्त विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम सन्देशसहित फिर्ता पठाइएको जानकारी दिए। विधेयक फिर्ता गर्दा प्रदेश प्रमुखको कार्यालयले मुख्य रूपमा नेपालको संविधान, सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन र विद्यमान सङ्घीय लागू औ...
पहिरोले पुरिए गोठाला गएका दुई महिला
समाचार, समाज

पहिरोले पुरिए गोठाला गएका दुई महिला

नेपालअखबार, रोल्पा । रोल्पामा गाईवस्तु चराउन गएका दुई महिला शनिबार दिउँसो झरेको पहिरोले पुरिएका छन्। सुनछहरी गाउँपालिका–१ का सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएका स्थानीय दुई महिला पहिरोले पुरिएर बेपत्ता छन्। दिउँसो सवा १ बजेतिर दुई महिला सहित वस्तु चौपायालाई पहिरोले पुर्दा बेपत्ता भएकोबारे दिउँसो साढे २ बजेतिर वडाध्यक्ष महाविर राना मगरले स्थानीय प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय पोवाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा २५ किलोमिटर टाढाको  घटनास्थलमा प्रहरी टोली सवा ४ बजेतिर पुगेको थियो। इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरी नेतृत्वको टोली पनि घटनास्थलतर्फ लागेको छ। हालसम्मको अनुसन्धानबाट दुई जना महिला पहिरोमा पुरिए बेपत्ता भएको खुले पनि वस्तु चौपाया कति परे भन्ने खुलेको छैन।  बेपत्ताहरूको खोजी कार्य जारी छ।...
प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा पत्रकार महासंघको प्रदर्शन
समाचार, समाज

प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा पत्रकार महासंघको प्रदर्शन

नेपालअखबार,काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र मातहतका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार जगतका अत्यावश्यक मागहरुको सम्बोधन, सञ्चारगृहहरुको सुरक्षा र नागरिक अधिकार रक्षा लागि भन्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर, समानुपातीक बिज्ञापन नीति तुरुन्त लागू गर, प्रेस स्वतन्त्रता कुनै सुविधा होइन, मौलिक अधिकार हो लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । महासंघका उपाध्यक्ष नितु पण्डितले दुई–तिहाइको बलियो सरकार बनेपछि प्रेस जगत्लाई अझ सशक्त र व्यवस्थित बनाउने अपेक्षा रहेपनि, राज्यको संरक्षणमा मिडियालाई प्रोत्साहन गर्नुको...
मन्त्रीले राजीनामा दिए पनि सिजेपीले प्रदर्शन जारी राख्ने
राजनीति, विश्व, समाचार

मन्त्रीले राजीनामा दिए पनि सिजेपीले प्रदर्शन जारी राख्ने

नेपालअखबार, काठमाडौँ । भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि कक्रोच जनता पार्टी (सिजेपी)ले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षामन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सिजेपीका संस्थापक अभिजित दिप्केले प्रदर्शन जारी रहने बताएका हुन्। सिजेपीले तीन माग राखेर प्रदर्शन गरेको थियो। त्यसमध्ये शिक्षामन्त्रीको राजीनमा पहिलो माग थियो। 'बाँकी दुइटा माग पूरा भएका छैनन्। त्यो पूरा नहुन्जेल हाम्रो प्रदर्शन जारी रहन्छ,' दिप्केले भनेका छन्। सिजेपीले शिक्षामन्त्रीको राजीनमासँगै प्रश्नपत्र लिक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही एक/एक करोड दिनुपर्ने माग राखेको थियो। त्यस्तै प्रदर्शनकै क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरू आन्दोलनकारी विरूद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ। यी मागहरू पूर...
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
राजनीति, विदेश, समाचार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नेपालअखबार,काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि उनले शनिबार राजीनामा दिएका हुन्। कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएको थियो। उनीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा मागेका थिए। विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले शनिबार राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्रबार सिजेपी प्रतिनिधिसँग सरकारले दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा दुई घन्टा लामो वार्ता गरेको थियो। वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए भने सिजेपीबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका सहभागी थिए। वार्तापश्चात सरकारले शिक्षामन्त्री...
यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता : पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, विचार, समाचार

यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता : पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् । ‘सबै एकसेएक समर्पित योद्धाहरू त्यतिबेला सक्रिय रहेकाले नै कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढ्न सफल भयो । आज हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौं जहाँ केही धक्का अवश्य पनि खेप्नुपरेको छ,’ उनले भने, ‘तर घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटक्याएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नया...
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
राजनीति, विश्व, समाचार

हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण

नेपालअखबार, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्यपूर्व युद्धबिच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीहरूले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । यो सँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ । यद्यपी हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरान माथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताएका छन् । विद्रोहीहरूले शीर्ष तेल उत्पादकले समुद्री नाकाबन्दीको घोषणा पछि र लाल सागरमा यसका जहाजहरूमा प्रहार गरेको तथा हुथीहरूले अमेरिकी सहयोगी रियादको सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि युद्धको “खतरनाक वृद्धि“ भएको आरोप लगाएका थिए । गत फेब्रुअरीमा तेहर...