Saturday, August 8

समाज

फेवा महोत्सव आजदेखि
समाचार, समाज

फेवा महोत्सव आजदेखि

नेपालअखबार,पोखरा । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । आयोजक सङ्घले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्स...
विधुतिय टेम्पो हस्तान्तरण
समाचार, समाज

विधुतिय टेम्पो हस्तान्तरण

नेपालअखबार,विराटनगर । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र बिराटनगरलाई आन्तरिक प्रयोजनको निम्ति अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका प्रवन्धक प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाद्वारा १ थान बिद्युतिय टेम्पो हस्तान्तरण भएको छ । चैत्र २८ गते तालिम केन्द्र परिसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेलाई सन्थालियाद्वयले बिद्युतिय टेम्पो (E-RICKSHAW) हस्तान्तरण गर्नु भएको हो । बिद्युतिय टेम्पो प्रदान गरी प्रहरीलाई सहयोग गर्नु हुने सन्थालियालाई समादेशक काफ्लेले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुका साथै उक्त बिद्युतिय टेम्पो तालिम केन्द्रले आन्तरिक प्रयोजनका विविध कार्यहरुमा नियमितरुपमा प्रयोग गरी काम-कारवाही तथा प्रशिक्षण व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने बताउनु भयो । कार्यक्...
जीएमसीका डाक्टर मैनबत्ति बालेर प्रशासनविरुद्ध आन्दोलनमा
समाचार, समाज

जीएमसीका डाक्टर मैनबत्ति बालेर प्रशासनविरुद्ध आन्दोलनमा

नेपालअखबार,पोखरा। गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे । आन्दोलनको पाँचौ दिन चिकित्सकहरुले समान ज्याला र सुरक्षित कार्यस्थलको माग गर्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन् । गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्न...
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
समाचार, समाज

काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै

नेपालअखबार,काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५  हुनेभएको छ । सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल गरिने बताइएको छ । सार्वजनिक यातायात सु...
सल्यान र सुर्खेत–हुम्ला सडक पहिरोले अवरुद्ध
समाचार, समाज

सल्यान र सुर्खेत–हुम्ला सडक पहिरोले अवरुद्ध

नेपालअखबार,काठमाडौं । वर्षासँगै आएको पहिरोले कालिकोट र सल्यानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालिकोटको पचालझरना गाउँपालिका ८ जारकोटमा पहिरो खस्दा सुर्खेत–हुम्ला सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध छ । ठूला ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको र डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक सागर घर्तीले जानकारी दिए । यसैगरी सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ धारापानीमा खसेको पहिरोले जाजरकोट सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । ‘ठूलो डोजर ल्याएर पहिरो पन्छाउने क्रम जारी छ,’ उनले भने । सल्यानकै कपुरकोट गाउँपालिका ३ मा खसेको पहिरो भने पन्छाइसकेकाले यातायात आवागमन सामान्य रहेको सडक विभागको आज बिहान ८ बजेसम्मको विवरणमा उल्लेख छ । रुकुम पश्चिमको मुसिकोट नगरप...
दाउन्नेमा राजमार्ग हिलो भएपछि अवरूद्ध
समाचार, समाज

दाउन्नेमा राजमार्ग हिलो भएपछि अवरूद्ध

नेपालअखबार,नवलपरासी। पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ। वर्षाका कारण बिहीबार बिहान ९ बजे त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो। सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।...
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
विश्व, समाचार, समाज

युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता

नेपालअखबार,न्युयोर्क । युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताएका छन् । युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे । उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए । उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन् । यसैगरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन् । बढ्दो आवश्यकताका बावजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसङ्घीय नेतृत्वको मानवीय प्...
भीर मौरीले टोकेर एक जनाको मृत्यु
समाचार, समाज

भीर मौरीले टोकेर एक जनाको मृत्यु

नेपालअखबार,पाल्पा। पाल्पामा मौरिले टोकेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधानका अनुसार पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोक बस्यालबारीका ५० वर्षीय कमल विकको मौरीले टोकेर मृत्यु भएको हो। मंगलबार दिउसो सवा दुईबजेतिर आर्यभन्ज्याङदेखि गोफेक तर्फ जाँदै गरेका विकलाई बाटोमा हिंडिरहेको अवस्थामा अचानक भिरबाट झरेको मौरीले टोकेको थियो। मौरीले टोकेपछि तत्काल उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उक्त घटनापछि प्रहरीले शवलाई पोष्टमर्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।...
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
समाचार, समाज

छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार

नेपालअखबार,काठमाडौँ । छोरीको विवाह आगामी वैशाख ३ गते हुने निधो भएको थियो । विवाहका लागि आवश्यक तयारी चलिरहेको समयमा छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको घटना प्रकाशमा आएको छ । यो घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढ जिल्लामा भएको हो । जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट भागेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले नगद तथा गहनासमेत लिएर पत्नी फरार भएको जनाएका हुन् । जितेन्द्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनकी छोरीको विवाह गर्ने तयारी चलिरहेको थियो । छोरीले ‘इङ्ग्जेमेन्ट’ गरेकै केटासँग आफ्नी पत्नी फरार भएको उनको भनाइ छ । उनले पत्नीको खोजीका लागि प्रहरी समक्ष गुहार मागिरहेका छन् । अर्कोतिर उनकी छोरी सो घटनापछि बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । पीडित युवतीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा लेखेक...
आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्ति गर्न दरखास्त आह्वान
प्रशासन, समाचार, समाज

आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्ति गर्न दरखास्त आह्वान

नेपालअखबार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आयल निगममा रिक्त एक जना विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको हो । उक्त पदका लागि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्नेछन् । उक्त पदमा दरखास्त दिन नेपालको नागरिक भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनुपर्ने छ । यस्तै उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा ४ ...