टिकटकको आडमा माला व्यवसायमा ठगी बढ्दो, उपत्यकामा सर्वसाधारण पीडित
नेपालअखबार,काठमाडौं । काठमाडौं उपत्यकामा माला बनाउने तथा बिक्री गर्ने नाममा सञ्चालित केही कम्पनीहरूले सर्वसाधारणलाई ठगी गरेको घटना बढ्दो रूपमा बाहिर आउन थालेको छ। सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाउँदै यी कम्पनीहरूले बेरोजगार युवा तथा गृहिणीलाई लक्षित गरी जालो फैलाएको पाइएको छ।
प्रारम्भमा सजिलो काम र राम्रो आम्दानीको आश्वासन दिएर उनीहरूलाई फसाउने गरिएको पीडितहरूले बताएका छन्। पीडितका अनुसार, टिकटकमा विज्ञापन देखेपछि सम्पर्क गर्दा कम्पनीहरूले माला बनाउने तालिम तथा सामग्री उपलब्ध गराउने भन्दै अग्रिम शुल्क असुल्ने गरेका छन्। कतिपयले ५ हजारदेखि २० हजार रुपैयाँसम्म तिरेको बताएका छन्। तर रकम बुझाएपछि न त उचित तालिम दिइन्छ, न त वाचा अनुसारको काम वा आम्दानी नै सुनिश्चित गरिन्छ।
यस्ता गतिविधिमा संलग्न केही कम्पनीहरूले टिकटकमा नक्कली सफलताको कथा र भ्रामक भिडियोहरू प्...










