Tuesday, May 5

समाज

भक्तपुरको दुवाकोटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला 
समाचार, समाज

नेपालअखबार, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।...
पाँच वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा एक पक्राउ
प्रशासन, समाचार, समाज

लहान । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

म्याग्दीको घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन
समाचार, समाज

म्याग्दीको घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

नेपालअखबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन । परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवा–बिएम जेभीसँग रु दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताउनुभयो । “दुई महिनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्ता गर्नुप¥यो”, उहाँले भन्नुभयो, “प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरु गर्न सकेका छैनौं ।” पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको छ । ...

हत्याका ३ आरोपित पक्राउ
समाचार, समाज

हत्याका ३ आरोपित पक्राउ

नेपालअखबार, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती दाइमनदेवीको यही असोज १० गते हत्या भएको थियो । पक्राउ परेकामध्ये साहले ती महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । “बाँकी दुई जनाले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।” प्रहर...

नवलपुरमा सडेको अवस्थामा मृत गैँडा भेटियो

नेपाल अखबार, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताउनुभयो । सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छ...

नहरमा डुबेर बेपत्ता सदाको शव फेला
समाचार, समाज

नहरमा डुबेर बेपत्ता सदाको शव फेला

नेपाल अखबार, सिरहा । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ। घर नजीकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए। खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रासस...