Monday, April 27

समाज

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा  चट्याङ्गसहित वर्षा
समाचार, समाज

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा चट्याङ्गसहित वर्षा

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन  जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । मौसम विज्ञान विभागले प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा  समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ । यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राति  देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि...
नेपालकै लामो झोलुङ्गे पुलमा सञ्चालनमा नआउँदै त्रुटि
समाचार, समाज

नेपालकै लामो झोलुङ्गे पुलमा सञ्चालनमा नआउँदै त्रुटि

नेपाल अखबार, पर्वत ।  पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक  हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल ...
काठमाडौँदेखि हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो
समाचार, समाज

काठमाडौँदेखि हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो

नेपाल अखबार, काठमाडौं । काठमाडौँदेखि हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिका–७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो । टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले बताए । उनले भने, “हामीले चारपाँच वटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँका १० ठाउँमा पहिराले असर गरेको छ, वाग्मतीबाट दैनिक रुपमा ढुवानी हुने पाँचदेखि ७०० लिटर दूध र तीनदेखि चार गाडी तरकारीसमेत किसानले बजारीकरण गर्न पाएका छैनन् ।” कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भइरहेको घिमिरेले जानकारी गराए । यसैगरी पहिरो र वर्षाका कारण टीकाभै...
हात्तीको आक्रमणबाट घरमुलीको मृत्यु, दुई जना भागेर जोगिए
समाचार, समाज

हात्तीको आक्रमणबाट घरमुलीको मृत्यु, दुई जना भागेर जोगिए

नेपाल अखबार, झापा।  जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक जनाको मृत्यु भएको छ। कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मीको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए। राति करिब २ बजेतिर नजिकैको रतुवा माई जंगलबाट आएका दुई हात्तीले घरभित्र सुतिरहेको बेला रेग्मीलाई आक्रमण गरेको हो। उनी परिवारसहित बस्दै आएका थिए। छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। रेग्मीका श्रीमती र नातिनीले भने भागेर ज्यान जोगाएक छन्। सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको छ। रेग्मीलाई आत्रमण गर्ने हात्तीलाई राति नै स्थानीयवासीले जंगलतर्फ धपाएका...
बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु
समाचार, समाज

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

नेपाल अखबार, कैलाली । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका  ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । ‘घरको माथिल्लो तलामा सुतेका आमा–छोराको मृत्यु भएको हो,’ उनले भने ‘तल सुतेका छोरी र उनी साथी भागेर बाँचे ।’पहिरोले केही चौपायासमेत मरेका छन् ।...
होटलमा काम लगाइदिने भन्दै यौनधन्दामा
समाचार, समाज

होटलमा काम लगाइदिने भन्दै यौनधन्दामा

नेपाल अखबार, कैलाली। युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ हाल गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको हो । बोहराले धनगढी बस्ने–२ जना पीडितहरुलाई काठमाडौँबाट होटलमा वेटरको काम छ भनेर ललाईफकाई बोलाइ अत्तरियास्थित बोहरा होटल बोलाएका थिए । तर, उनले डर र धम्की देखाएर ती युवतीहरुलाई होटलमा आउने ग्राहकसग शारीरिक सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवत्ता  एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । बोहराले पीडितलाई अन्य स्थानमा समेत शारीरिक सम्पर्कका लागी पठाउने गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्...
चुच्चेपाटीमा ‘थिनर’ आक्रमण, आमा–छोरी घाइते
समाचार, समाज

चुच्चेपाटीमा ‘थिनर’ आक्रमण, आमा–छोरी घाइते

नेपाल अखबार, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ । थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ । नङपालिस हटाउन र धातु वा प्लास्टिकका सामान चम्काउन पनि थिनरको प्रयोग हुन्छ ।...
आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना
समाचार, समाज

आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । मौसम विज्ञान विभागका देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ। मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।...
बेँसीशहर–चामे सडक बाढीले बगायो
समाचार, समाज

बेँसीशहर–चामे सडक बाढीले बगायो

नेपाल अखबार, लमजुङ। पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो । सो खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए । त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उहाँका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ । बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो । सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघु...
तनहुँमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु
समाचार, समाज

तनहुँमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु

नेपाल अखबार, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थ...