दुर्गमका सर–मिस
नेपालअखबार, पोखरा । गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो ।
त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण पेशाप्रति बढ्दै गएको वितृष्णा र अरुचि ।’
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणमा भएको ‘दुर्गमका सर–मिस’ विषयक सत्रमा नेपालको दुर्गम क्षेत्रको शैक्षिक अवस्थाबारे अन्तरंग कुराकानी भएको थियो । दाहालले सहजीकरण गरेको उक्त सत्रमा वक्ताका रुपमा पमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए ।
उनीहरुले आफूहरुल...










