Saturday, August 29

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन्। वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा धेरैको मृत्यु भएको हो। गएको २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा सात सय १६ जनाले ज्यान गुमाएका छन्। यसबीचमा ब्राजिलमा पाँच सय ५६ र अमेरिकामा चार सय ४७ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा सबैभन्दा धेरै मेक्सिकोमा सात सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण चार हजार एक सयले ज्यान गुमाएका छन्। संक्रमणदर पनि भारतमा उच्च छ। गएको २४ घण्टामा भारतमा ५० हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा अमेरिकामा ५५ हजार भन्दा धेरै र ब्राजिलमा २३ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ...
काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने निको भएकासहित कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ । प्रवक्ता गौतमका अनुसार लकडाउन खुलेपछि परीक्षण भएकामध्ये औषतमा ३.३ प्रतिशतमा कोरोना देखिएको छ ।...
झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

नेपाल अखबार, झापा । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने कन्ट्याक ट्रेसिङ पनि थालिएको छ ।...
सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि

नेपाल अखबार, कैलाली  ।  सुदुरपश्चिम प्रदेशमा शनिबार गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएपछि संकृय संक्रमित संख्या १ हजार ७६१ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट  १ र डडेल्धुरा प्रयोगशालाबाट थप २० जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७६१ पुगेको हो । कंचनपुरमा १ पुरुष , डोटी ७ पुरुष, ६ महिला, डडेल्धुरा ४ पुरुष, र बैतडीमा ३ जना पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । यसअघि ८ जना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ९५६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ८९१मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले जानकारी दिए । ३ हजार ३६७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ५६२ जनामा परिक्षण गरिएको छ । हालसम्म फे...
क्वारेन्टिनमासँगै बसेकी पत्नीलाई मात्र कोरोना सङ्क्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

क्वारेन्टिनमासँगै बसेकी पत्नीलाई मात्र कोरोना सङ्क्रमण

नेपाल अखबार,झापा । मेचीनगर नगरपालिका वडा नं १० को होटल क्वारेन्टिनमा भारतबाट आएर एउटै कोठामा बसेका एक दम्पतीमध्ये पत्नीमा मात्र कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । एक साताभन्दा अघिदेखि धुलाबारीको रोयल निर्वाण होटलको एउटा कोठामा बसेका दम्पतीको स्वाब परीक्षण गर्दा पत्नीमा कोभिड–१९ पुष्टि भएको र पतिमा सङ्क्रमण नदेखिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए । उनीहरुको स्वाब परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रबार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो । सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि कोभिड हस्पिटल लगिएको र उनका पतिलाई पुनः क्वारेन्टिनमै राखिएको संयोजक बरालले जानकारी दिए । सङ्क्रमित बसेको कोठालाई निसङ्क्रमित गरिएको र सङ्क्रमित पत्नीसँगै क...
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। साथै कोरोना भाइरस संक्रमणका कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शनिबार जानकारी दिएको छ। सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसके...
भारतमा एकैदिनमा ४९ हजार व्यक्ति कोरोनाबाट संक्रमित बने
समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ४९ हजार व्यक्ति कोरोनाबाट संक्रमित बने

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ। ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन्। त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन...
गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ । कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपमा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ । नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् । संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले एघारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ ।...
पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । मन्त्रालयका देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस...
वीरगञ्जमा कोरोना संक्रमणबाट १७ बर्षीया युवतीको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमणबाट १७ बर्षीया युवतीको मृत्यु

इफान अलि, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको  नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो ।...