Friday, August 28

स्वास्थ्य

नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
समाचार, स्वास्थ्य

नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। आज संक्रमण पुष्टि हुनेमा ७१ महिला २४५ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।...
कोरोना भाइरसको जीन अध्ययन शुरु
समाचार, स्वास्थ्य

कोरोना भाइरसको जीन अध्ययन शुरु

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले  नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण  समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको क...
भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु
विश्व, स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ८९३ पुगेको छ । भारतमा अहिले दुई लाख १५ हजार १२५ संक्रमित निको निको हुन बाँकी छन् भने तीन लाख ३४ हजार ८२२ संक्रमित निको भइसकेका छन् । मंगलबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले दिएको जानकारी अनुसार २९ सोमबारम्ममा भारतमा कोभिड-१९ का ८६ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको छ । सोमबार एकैदिन दुई लाखभन्दा धेरै परीक्षण गरिएको बताइ...
चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह
विश्व, स्वास्थ्य

चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह

कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्काे नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’ ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्य...
विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ

नेपाल अखबार, एजेन्सि।  विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेकाे छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेकाे छ। काेराेना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेकाे छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेकाे चेतावनी दिएको छ। डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् । सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै (संकट) चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’ यसबीच केही देशले कोरोना नियन्त्रणमा प्रगति त गर...
गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
समाज, स्वास्थ्य

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।...
गण्डकीमा थप १७ जनामा कोरोना
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थप १७ जनामा कोरोना

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् । ‘अर्का एकजना पनि पुरुष नै हुन् । तर, प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा भूलबस महिला भन्ने आएको छ,’ अधिकृत आचार्यले  भने, ‘विज्ञप्तिमा पोखरा महानगर ठेगाना भनिएको छ । तर, उनी भारतबाट आएका हुन् । ठेगाना खुल्न बाँकी छ ।’ कोरोना पुष्...
नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय ७३ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।गौतमका अनुसार हालसम्म देशका सबै ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नेपालमा संक्रमित मध्ये ३ हजार १ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १ सय २९ रहेको छ ।...
कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ । यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै, दक्षिण एसिया र अफ्रिकामा कोभिड–१९ को संक्रमण फैलिदो छ । विश्वका अन्य भागमा पनि भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो ६ दिन थप १० लाख नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा सर्वाधिक २५ लाख संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन खुकुलो पारेसँगै अहिले अमेरिकाका टेक्सास र फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । अमेरिकापछि ब्राजिलमा सर्वाधिक ...
प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आइरहेका थिए । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । यसैगरी झापाको हल्दीबारीमा २ जना महिला, उदयपुरको कटारीमा ३ जना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलामको माई नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।...