Wednesday, August 5

स्वास्थ्य

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल
प्रशासन, समाचार, स्वास्थ्य

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल

नेपाल अखबार, गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाऊँपालिका सिल गर्ने निर्णय भएको भिमसेन गाउँपालिकाले गोरखाले जनाएको छ। हिजो बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको हो। गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद...
युरोपमा कोरोनासंक्रमित बढ्न थालेपछि डब्लूएचओको चेतावनी
विश्व, स्वास्थ्य

युरोपमा कोरोनासंक्रमित बढ्न थालेपछि डब्लूएचओको चेतावनी

नेपाल अखबार,  एजेन्सि। लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले जानकारी दिए । आफूले यसबारे पहिले नै जानकारी दिएको  र आफ्नो चेतावनीले मूर्त रुप पाएको उनले बताए । यसलाई वेवास्ता गरिए स्वास्थ्य क्षेत्र अत्यधिक धराशयी हुनेसमेत उनले चेतावनी दिए । विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् । दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृत्यु भइरहेको छ । ‘मैले पछिल्लो थुप्रै हप्ता...
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

नेपाल अखबार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । नयाँ संक्रमित थपिनेमा दाङमा सबैभन्दा धेरै ५४ जना, पाल्पामा २१ जना, गुल्मीमा १२ जना, रुपन्देहीमा ९ जना, प्युठानमा ७ जना, बर्दियामा ६ जना, नवलपरासी पश्चिममा ६ जना, बाँकेमा ४ जना र कपिलवस्तुमा १ जना थपिएका हुन् । यसअघि बिहीबारै पाल्पाका १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लागत रुपमा कोरोना संक्रमितको संख्या कपिलबस्तुमा ७०८, पाल्पामा ३९३, दाङमा ३८२, बाँकेमा ३५४, रुपन्देहीमा २७५, गुल्मीमा २५९, अर्घाखाँचीमा २५४, प्युठानमा १९१, बर्दियामा १६१, नवलपरासीमा ८४, रोल्पामा ४५ र रुकुमपूर्वमा ...
चितवनमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

चितवनमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, चितवन । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए । यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनकै रत्ननगर नगरपालिका...
गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के

नेपाल अखबार, पोखरा । शुक्रबार गण्डकी प्रदेशमा कोरोनाभाइरसका २५ नयाँ संक्रमित थपिएका छन् भने ९ जना निको भएर घर फर्केका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् । तनहूँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये तनहूँको ब्यास नगरपालिकामा २ पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकामा २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि, नवलपुरको गैडाकोटमा ७ पुरुष, कावासोतीमा १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुगेको छ । आज मात्रै ९ संक्रमित निको भएर घर फर्केका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनाल...
कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो
समाचार, स्वास्थ्य

कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि भएका मध्ये ३६ जना संक्रमित कर्णालीभित्रका जिल्लाका होइनन् । उनीहरु देशका विभिन्न जिल्लाका रहेको प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डाक्टर लक्षमीनारायण तिवारीका अनुसार सुर्खेतमा भएको परीक्षणबाट ४५ जनामा कोरोना पुष्टि भएको हो । जसमा १८ जना दैलेख, १२ जना सुर्खेत, ३ जना कालीकोटका रहेका छन् । यस्तै सुर्खेतमै भएको परीक्षणबाट बझाङका २ जना, जुम्ला, सल्यान, लमजुङ, कैलाली, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी, इलामका एक/एक जना रहेका छन् । जुम्लामा भएको परीक्षणबाट २७ जनामा कोरोना पुष्टि भए...
कोरोना अपडेटः थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो
समाचार, स्वास्थ्य

कोरोना अपडेटः थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

नेपाल अखबार, काठमाडौं । बिगेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला  र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।...
तनहुँ र नवलपुरका थप १४ जनामा कोरोना पुष्टि
प्रदेश ४, स्वास्थ्य

तनहुँ र नवलपुरका थप १४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका तनहुँ र नवलपुरका  ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बिहीबार दिउसो तनहुँका म्याग्दे गाउँपालिका  ७ जना पुरुष र २ महिला तथा  नवलपुर बिनय त्रिबेणी गाउँपालिका ४ जना पुरुष र १  महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ६७ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।...
भारतमा एकैदिन थपिए कोरोनाका करिब १७ हजार नयाँ संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन थपिए कोरोनाका करिब १७ हजार नयाँ संक्रमित

नेपाल अखबार, एजेन्सि । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ । दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा १९ हजारभन्द...
अमेरिकामा एकैदिन भेटिए ३४ हजारभन्दा धेरै नयाँ संक्रमित
विश्व, स्वास्थ्य

अमेरिकामा एकैदिन भेटिए ३४ हजारभन्दा धेरै नयाँ संक्रमित

नेपाल अखबार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन् । टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा केही राजनीतिकर्मीले भने संक्रमितको संख्या बढ्नुको कारण परीक्षणको दायरा बढाइनु रहेको बताउँ...