Friday, August 28

स्वास्थ्य

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय २९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ६ सय २९ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो । नेपालमा संक्रमित मध्ये २ हजार ३ सय ३८ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म २३ जनाको ज्यान गएको छ ।...
पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि
विश्व, स्वास्थ्य

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

नेपाल अखबार, एजेन्सि। पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी एनएचएसका अनुसार कोरोनाद्वारा संक्रमित पुरुषमा महिलाको तुलनामा धेरै एन्टीबडी बन्ने गर्छ । हालै यसबारे अनुसन्धान भएको छ । अनुसन्धानको लक्ष्य कोरोना सर्भाइभरको ब्लड प्लाज्मालाई संक्रमित व्यक्तिमा चढाइए एन्टिबडीले भाइरससँग लड्न कत्तिको सहयोग गर्छ भनेर पत्ता लगाउनु थियो । उनीहरुमा प्रतिरोधी क्षमताको स्तर कति बढ्छ भनेर पनि थाहा पाउने कोसिस गरिएको थियो । एनएचएसले सुरु गरेको थियो थेरापी प्रोग्रामः एनएचएसले हालै कोरोनाका बिरामीका ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्राम सुरु गरेका थिए । ट्रायलको क्रममा संक्रमित पुरुषमा ४३ प्रतिशत र महिलामा २९ प्रतिशत एन्टीबडी विकसित भयो । एनएचएसले कोरोना संक्रमणबाट निको भएकाहरुलाई ब्लड प्लाज्म...
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो

नेपाल अखबार, कैलाली । मंगलबार थप ११७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ६८ र सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परीक्षण बाट ४९ जनामा पुष्टि भएको हो । यसअघि नै १७६ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका ४४ पुरुष र १८ महिला, कञ्चनपुरका ८ पुरुष र २ महिला, अछामका ३ महिला रहेका छन् । त्यसैगरी डडेल्धुराका १ पुरुष, बाजुराका १० पुरुष र ११ महिला तथा बझाङ्गका १७ पुरुष र ३ महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो । प्रदेशमा हालसम्म ११ हजार ६०९ जनाको पीसीआर जाँच गरिएको छ । जसमध्ये १० हजार ३४८ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य...
पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे
प्रदेश ४, स्वास्थ्य

पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे

नेपाल अखबार, पोखरा । पोखराका ३  जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २  महिला र मादी गाउँपालिकाका १/१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८  जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ५ जनासहित तनहुँका १ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , बागलुङका ९ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १  महिला , लमजुङका ४ पुरुष तथा १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।...
क्वारेन्टिनमा आरडीटी परीक्षण गरेर घर पठाइएका युवकको मृत्यु
समाचार, स्वास्थ्य

क्वारेन्टिनमा आरडीटी परीक्षण गरेर घर पठाइएका युवकको मृत्यु

नेपाल  अखबार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका अर्का युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका उनी क्वारेन्टिनमा बसेर २८ जेठमा घर गएका थिए । घर पुगेको भण्डै २ सातापछि उनको मृत्यु भएको हो । मृत्यको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकमा कोरोना परीक्षण गर्न नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताए । उनको रिपोर्ट नआउँदासम्म शव घरमै रहने प्रहरीले जनाएको छ । क्वारेन्टिनमा र्‍यापिड टेस्ट विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए । ‘उहा...
पोखराका ७ जना सहित गण्डकीमा १०४ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ७ जना सहित गण्डकीमा १०४ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  पोखराका ७ जना सहित गण्डकीमा १०४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरका  ३ पुरुष र ४ महिलासहित गण्डकी प्रदेशका ७ जिल्लाका थप १०४ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मंगलबार बेलुका  कास्कीको पोखराका ७ जनासहित  तनहुँका १ जना पुरुष , स्याङजाका ११ जना पुरुष तथा २ महिला, बागलुङका ५ जना पुरुष तथा १ महिला , गोरखाका १० जना पुरुष तथा ८ महिला,  पर्वत १८ पुरुष तथा ३ महिला , नवलपुरका ३५ जना पुरुष तथा ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।  ...
थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो
समाचार, स्वास्थ्य

थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी  दिए ।  यस्तै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २४ पुग्यो नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ...
कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १३०० नाघ्यो
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १३०० नाघ्यो

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् ।सुर्खेतको पञ्चपुरी नगरपालिका दुईजना पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने  एक महिला चिङ्गाड गाउँपालिकाकी महिला रहेकी छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ  । यस्तै, म‌ंगलबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना स...
कोरोनाको औषधी दाबी गर्दै भारतमा बन्यो ‘फाबिफ्लु’
विश्व, स्वास्थ्य

कोरोनाको औषधी दाबी गर्दै भारतमा बन्यो ‘फाबिफ्लु’

नेपाल अखबार, एजेन्सि। हल्का र मध्यम खाले कोराना संक्रमित बिरामीको उपचारका लागि ग्लेनमार्क फर्माक्युटिकल्सले ‘फाबिफ्लु’ (Favipiravir) नामक एन्टिभाइरल औषधी बजारमा ल्याएको छ । कोभीड–१९ विरुद्ध लड्नका लागि भारतमा पहिलोपटक तयार भएको यस औषधीको बजार मुल्य  १ सय ३ भारु प्रति चक्की राखिएको छ । ग्लेनमार्क फर्माक्युटिकल्सका अनुसार २ सय एमजी ट्याबलेटमा यो औषधी उपलब्ध हुनेछ र ३४ वटा ट्याबलेटसहितको स्ट्रिपको अधिकतम मुल्य ३५ सय भारु पर्नेछ । कोभीड–१९ को उपचारका लागि सरकारबाट स्विकृतिप्राप्त यो पहिलो भारतीय औषधी हो । कम्पनीका अनुसार फाबी फ्लु डाक्टरको प्रेस्किप्सनअनुसार प्रयोग गर्नुपर्ने औषधी हो । जसअनुसार पहिलो दिनमा १८ सय एमजीको डोज दुई पटक र त्यसपछि १४ दिनसम्म निरन्तर ८ सय एमजी डोज दैनिक दुईपटक प्रयोग गर्नुपर्नेछ । ‘हरेक बिरामीलाई न्युनतम दुई स्ट्रिप्सको हिसाब गरेर झन्डै ८२ हजार ५ सय बिरामीका लागि पहिल...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

नेपाल अखबार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ४० हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९९३ नयाँ संक्रमित थपिएका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजारभन...