Friday, July 17

स्वास्थ्य

निजामति कर्मचारी अस्पतालले माग्यो नवौंदेखि चौथो तहमा १२८ कर्मचारी
प्रशासन, समाचार, स्वास्थ्य

निजामति कर्मचारी अस्पतालले माग्यो नवौंदेखि चौथो तहमा १२८ कर्मचारी

नेपालअखबार,काठमाडौँ । निजामति कर्मचारी अस्पतालले नवौंदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ। शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो। इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभसाइटमार्फ अनलाइन दरखास्त दिन सक्नेछन्। दरखास्त शूल्क विभिन्न पदअनुसार फरकफरक तोकिएको छ।...
नेपालमा डाक्टरको सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा बढी
समाचार, स्वास्थ्य

नेपालमा डाक्टरको सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा बढी

नेपालअखबार,काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कको हो । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रतिशत छन् । सोही अवधिमा १ लाख २२ हजार ३ सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.२० चिकित्सक र २.८३ नर्स छन् । यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी हो । २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी १ लाख २ हजार ६ सय ...
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा आएको घोषणा
प्रशासन, समाचार, स्वास्थ्य

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा आएको घोषणा

नेपालअखबार,  काठमाडौँ । संखुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे। नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन् । नेपाल सरकारक...
गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन
समाचार, समाज, स्वास्थ्य

गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन

नेपालअखबार, काठमाडौँ । यदि तपाईंको घाँटी लगातार सुख्खा भइरहेको छ, तपाईंलाई रिंगटा लागिरहेको छ, तपाईंको आँखा रातो भएको छ वा गर्मीमा पानीको कमीले तपाईंको पिसाब पहेँलो हुँदैछ भने यो तपाईंको स्वास्थ्यको लागि चेतावनी संकेत हुन सक्छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यी प्रभावहरूलाई  डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । डिहाइड्रेसनका कारण अवस्था गम्भीर पनि हुनसक्ने डाक्टरहरु बताउँछन् । गर्मीमा लगातार पसिना आउँदा शरीरमा पानीको मात्रा मात्र कम हुँदैन, शरीरमा नुनको मात्रा पनि कम हुन्छ । कार्यालयमा काम गर्नेहरु एसीमा बस्दा पसिना आउँदैन भनेर सोच्नु हुन्छ होला । तर सधैँ एसीमा बस्दा तिर्खा कम हुन्छ। स्वास्थ्य विज्ञहरू भन्छन् कि यसले तपाईंको शरीरमा प्रतिकूल र दीर्घकालीन प्रभाव पार्न सक्छ। देशका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि छ ...
कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ नेपालमा पनि देखियो
समाचार, समाज, स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ नेपालमा पनि देखियो

नेपालअखबार,काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो। ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो। यसैगरि एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको छ। यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन.१ लगायत सबभेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।...
अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप
समाचार, समाज, स्वास्थ्य

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

नेपालअखबार,चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन् । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए । ‘अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो’, प्रवक्ता डा. सापकोटाले भने । अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसि...
आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान
प्रशासन, समाचार, स्वास्थ्य

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

नेपालअखबार,आँबुखैरेनी। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ। नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो। अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए। स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले  बताए। उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रति उपचार ‘सेसन’मा दुई हजार पाँच सय तिर्नुपर्दैन,’ उनले भने, ‘नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहज रुपमा सेवा पाउने छन्।’ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायला...
अब किमालुङमै सुविधासम्पन्न प्रसूति सेवा, संखुवासभा जानुपर्ने बाध्यता हट्यो
समाचार, समाज, स्वास्थ्य

अब किमालुङमै सुविधासम्पन्न प्रसूति सेवा, संखुवासभा जानुपर्ने बाध्यता हट्यो

नेपालअखबार, भाेजपुर। भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूति सेवा भवन निर्माण  भएको छ। जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो। भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ। अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए। ‘यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ। अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,’ उनले भने। यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए। नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो। भवन न...
दमकको लाइफलाइन अस्पतालमा आगलागी, डायलासिस सेवा बन्द
समाचार, समाज, स्वास्थ्य

दमकको लाइफलाइन अस्पतालमा आगलागी, डायलासिस सेवा बन्द

नेपालअखबार, झापा। दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ। अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो। प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलासिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्। अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले  डाइलिसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन्।...
इनरुवा अस्पतालमा हाडजोर्नी अप्रेसन सेवा  सूचारु
समाचार, स्वास्थ्य

इनरुवा अस्पतालमा हाडजोर्नी अप्रेसन सेवा सूचारु

नेपालअखबार, इनरुवा। विगत लामो समय अघिदेखी लथालिङ रहेको इनरुवा अस्पताल सुधार उन्मुख बन्ने क्रममा निरन्तरता दिदैँ हिजो बिहिबारबाट हाडजोर्नी अप्रेसन सेवा समेत सूचारु गरेको छ । रेफरल अस्पतालको नाममा बद्नाम गर्दै आएको इनरुवा अस्पतालमा गत केही समय अघि देखी बिभिन्न सेवाहरुको विस्तार हुन थालेपछी सेवाग्राहीहरु अहिले खुशी हुन थालेका छन् । इनरुवा अस्पतालमा सेवा नपाई बिराटनगर र धरान जाने बाध्यताबाट धेरै हद सम्म मुक्ति पाएका सेवाग्राहीले यस अघि इनरुवा अस्पतालबाट धेरै सेवाहरु विस्तार हुदै जाँदा थप सेवाहरु पाउँदै आएका छन् । इनरुवा अस्पतालमा मेसुका रुपमा डा. श्रेया पंगेनी आएपछी बिभिन्न सेवाहरुको विस्तार हुँदा नगरबासीसँगै आसपासका सेवाष््राहीहरुले थप सेवा सुबिधा पाउन थालेको इनरुवा १ का कृष्ण श्रेष्ठ बताउँछन । उनका अनुसार अहिले इनरुवा अस्पतालमा बिरामी जाँदा त्यहाँकाृे जनशक्तिले भ्याएसम्म सफल उपचारमा कुनै ...