जब डाक्टरले काटिएको हात जीवित राख्न खुट्टामा जोडिदिए…
नेपालअखबार, बेइजिङ । डाक्टरलाई संसारमा भगवानको दर्जा दिइएको छ किनभने अन्तिम क्षणमा बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् । चीनमा पनि यस्तै भएको छ, जहाँ चिकित्सकको टोलीले विरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेको छ ।
हालै मोरबिड नलेज नामक ट्वीटर पोस्ट मार्फत डाक्टरहरूको यो अद्भुत प्रयासको बारेमा थाहा पाएपछि मानिसहरू छक्क परेका छन्। यस ट्वीटमा चिनियाँ डाक्टरहरूले बिरामीको काटिएको हातलाई कसरी जीवित राख्न बिरामीको खुट्टामा टाँसेर राखेको बताइएको छ। चिनियाँ कारखानाका एक कामदारको देब्रे हात मेसिनले काटेको थियो ।
त्यसपछि डाक्टरहरूले यो बायाँ हातलाई बिरामीको खुट्टाले सिलाए, जसले गर्दा हातलाई खुट्टाको धमनीबाट रगत आपूर्ति हुन्छ र हात जीवित रहन्छ। खुट्टामा जोडिएको यो हातको तस्बिर सामाजिक सञ्जा...









