Sunday, August 9

स्वास्थ्य

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।  ‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् । राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप  ४३५ जना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप ४३५ जना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाै। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४३५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणको नतिजा हो । मन्त्रालयका पछिल्लो २३ घण्टामा ५६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।...
थप ३९१ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप ३९१ जनामा कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन । सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २१ जना आईसीयूमा छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ११ हजार ९५४ जनाको मृत्यु भएको छ ।...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।...
थप ३५७ जनामा कोरोनाको संक्रमण
समाचार, स्वास्थ्य

थप ३५७ जनामा कोरोनाको संक्रमण

नेपालअखबार, काठमाडाै. । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।...
भारतमा एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित,  २० जनाको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित, २० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि।  भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । उता १२ हजार ९५६ जना कोरोनाबाट निको पनि भएका छन् । योसँगै सक्रिय केसको सङ्ख्या ५ सय ४६ ले कम भएको छ । हाल भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ४२ हजार २५२ रहेको छ । आइतबार देशमा १३ हजार २९९ नयाँ कोरोना सङ्क्रमित थपिएका थिए भने १९ जनाको मृत्यु भएको छ । राज्यको बंगालमा १ हजार ४ सय ४९ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा १ हजार १११ नयाँ केसहरू रिपोर्ट गरिएको छ । तर कुनै पनि बिरामीको मृत्यु भएको छैन। तमिलनाडूमा २ हजार २२३ नयाँ केसहरू फेला परेका छन्, दिल्लीमा ३७८ बिरामीहरू भेटिएका छन् भने २ बिरामीहरूको मृत्यु भएको छ। उही समयमा, उत्तर प्रदेशमा २४० जनामा ...
यसकारण फेरि उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

यसकारण फेरि उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ

नेपाल अखबार, काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ। असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ। असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन्। आइतबार र सोमबार सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ। सङ्क्रमण असार अन्तिमदेखि उकालो लाग्न थालेको हो। असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ। शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ। पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेका छन्। शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर...
नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।...
पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा थपिएका हुन्। एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्। ५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।...
युनाईटेड क्लवको आयोजनामा निशुल्क पाठेघर शिविर सम्पन्न
समाचार, स्वास्थ्य

युनाईटेड क्लवको आयोजनामा निशुल्क पाठेघर शिविर सम्पन्न

नेपालअखबार, पोखरा  । युनाईटेड क्लव पोखराको आयोजनामा निः शुल्क पाठेघर शिविर सम्पन्न भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव पोखराले आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत शनिवार पोखरा महानगरपालिका वडा नम्बर १ कसेरी गैरी गांउ शान्तिटोलमा महिला दिदिबहिनी हरुलाई लक्षित गरी नि ः शुल्क पाठेघर शिविरको आयोजना गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहरा प्रधानले युनाईटेड क्लवले पोखरामा सामाजिक क्षेत्रमा राम्रो काम गरेको वताए । क्लवले स्थापना कालदेखीनै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदीमा काम गर्दै आइरहेको अवस्थामा हाल आएर आफ्नो वडामा महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गरी पाठेघर चेकजांच शिविरको आयोजना गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि युनाईटेड क्लव संग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता समेत जनाए । सो अवसरमा वोल्...