Monday, July 13

स्वास्थ्य

कोरोनाका कारण हालसम्म विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य

कोरोनाका कारण हालसम्म विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ। कूल सङ्क्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ।कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६११ जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस स...
पोखरामा ११ वटा वडाका २६ कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

पोखरामा ११ वटा वडाका २६ कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,पाेखरा । पोखरामा ११ वटा वडाका २६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा सोमबार बिहान कास्कीको पोखरा महानगरपालिकाका ११ वटा वडाका २६ जना र नवलपुरका १ जना गरी थप २७ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा – ३ का २२, २३, २२ , २४ , २५, २६, २५, २७ , ३० र ३८ वर्षीय पुरुष, पोखरा ७ का २६ र २९ वर्षीय पुरुष, पोखरा १० का २८ र ६४ वर्षीय पुरुष, पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक पोखरा १२ का ३६ वर्षीय पुरुष, पोखरा ११ का २८ र ३० वर्षीय पुरुष, पोखरा १३ का ३६ वर्षीया महिला , पोखरा १४ का २२ वर्षीय पुरुष ,५२ वर्षीया महिला तथा फेवासिटी असपतालमा उपचाररत ५१ वर्षीय पुरुष , पोखरा १७ का २० वर्षीय पुरुष, पोखरा १९ का ५५ वर्षीय पुरुष, पोखरा २२ का २९ वर्षीय पुरुष, पोखरा ३० की ५१ वर्षीय...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेका छ।...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेका छ।...
काठमाडौँ उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...
डा केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित
समाचार, समाज, स्वास्थ्य

डा केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित

नेपाल अखबार, काठमाडाैं। २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गरेका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन । धर्नामा सहभागि चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा समेत सरकारले चासो नदिएको बताए । स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजन समेत दिन थालिएको उनले बताए । तत्काल डा. केसीले उठाएका माग पुरा नभए कडा कदम चाल्ने चेतावनी पनि उनले दिए । अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका...
पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। त्यस्तै देशभरमा संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ५२६ रहेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ७८४ पीसीआर परीक्षण भएकाे छ। पछिल्लो २४ घण्टामा थप १ हजार ३२९ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ।...
कोरोना भाइरसको संक्रमणबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना भाइरसको संक्रमणबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

नेपालअखबार, एजेन्सि। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ। कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ। कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ। कोर...
बेलायतमा एकैदिनमा १२ हजार कोरोना संक्रमित थपिएपछि बढ्यो त्रास
विश्व, समाचार, स्वास्थ्य

बेलायतमा एकैदिनमा १२ हजार कोरोना संक्रमित थपिएपछि बढ्यो त्रास

नेपाल अखबार, एजेन्सि। बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ। लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन्। Century masala तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ। यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ। यहाँ अहिलेस...
भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?

नेपाल अखबार, एजेन्सि । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सेप्टेम्बर भारतको लागि कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्याको आधारमा सबैभन्दा खराब महिना रह्यो । सेप्टेम्बर महिनामा भारतमा औसतमा दैनिक ११०० मानिसको मृत्यु भयो । केही राज्यहरुमा अझै पनि कोरोनाबाट मृत्यु हुनेको संख्यमा निरन्तर वृद्धि भइरहेको छ । यसले भारतमा अझै पनि कोरोना महामारी बढ्न सक्ने संकेत दिएको केही विशेषज्ञहरुले बताएका छन् । सबैभन्दा अगाडि महाराष्ट्र भारतको सबैभन्दा ठूलो र धनी राज्यमध्येको एक महाराष्ट्रमा सबैभन्दा धेरै १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । राज्यमा को...