Sunday, July 12

स्वास्थ्य

पोखरामा २८ सहित गण्डकी प्रदेशमा थपिए ५० संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा २८ सहित गण्डकी प्रदेशमा थपिए ५० संक्रमित

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा थप ५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कास्की , बाग्लुङ ,तनहुँ तथा गोरखा जिल्लाका रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्की पोखरा महानगरपालिकामा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ संक्रमित रुपा गाँउपालिकाका रहेका छन् । महानगरको वडा नम्बर ८,५,११,२७,४,१५,१०,९,१,६ का व्यक्तिमा कोरोना पुष्टि भएको हो । सबैभन्दा धैरै एकैचोटि वडा नम्बर ४ मा ८ जना संक्रमित थपिएका छन् । महानगरको वडा नम्बर ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै जिल्लाको रुपा गाँपालिका वडा नम्बर १ का २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यता गोरखामा १३ जना संक्रमित थपिएका छन् । शहिद लखन पालिकमा ३ , बारपाक सुलिकोटमा ८ ,भिमसेन थापा पालिका २ र गोरखा पालिकामा २ जना गरि थप १३ संक्रमित थपिएका हुन् । त्यस्तै बागलु...
मणिपालमा उपचाररत पोखराका ७० वर्षीय कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

मणिपालमा उपचाररत पोखराका ७० वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, पोखरा । कोरोनाका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका वडा ९ का ७०  वर्षीय पुरुषको मणिपाल अस्पतालमा मृत्यु भएको हो । यही भदौ २५ गते देखि मणिपालमा उपचाररत मृतक क्यान्सरवाट पीडित रहेको र उनको उपचारको क्रममा सोमवार  राति ११ः२० मा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको २८ गते  कोरोना पुष्टि भएको निर्देशनालये जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पोखरामा मंगलवार दिउसो पोखरा सहित २ जिल्लामा थप ४ जनामा कोरोना सक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा पोखरावडा नं १० का २१  वर्षीय पुरुष, वडा नं १५ की ४८  वर्षीया महिला, स्याङजा गल्याङका ३३  वर्षीय पुरुष र गोरखा नगरपालिकाका २० वर्षीय पुरुष रहेका छन ।हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ।...
कोरोनाबाट थप ११ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ। यो कूल संक्रमितमध्येका ०. ६५ प्रतिशत हो...
२४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए
समाचार, स्वास्थ्य

२४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र  होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।...
महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । ललितपुरपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो। किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ। किस्ट अस्पताला अपरेटिङ चिफ अमिस पाठकका अनुसार उनलाई अस्पतालको मेडिसिन डिपार्टमेण्टले हेरिरहेको छ भने रेमडिसिभिर चलाउने तयारी चलिरहेको छ। मेयर श्रेष्ठ अस्पतालको रेड जोनमा छन्। नगरपालिकाका संक्रमितहरुको सेवा गर्ने क्रममा आफूलाई पनि संक्रमण भएको मेयर श्रेष्ठले बताएका छन् ।...
गण्डकीमा कोरोनाबाट एकको मृत्यु,४७ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा कोरोनाबाट एकको मृत्यु,४७ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट नगरपालिका वडा नं ८ का ६३ वर्षीया महिलाको हिजो काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । त्सैगरी आज गण्डकी प्रदेशमा ४७ संंक्रमित थपिएका छन् । तनहुँमा नौ, कास्कीमा तीन,गोखामा एक,लमजुङ र मनाङमा एक÷एक,स्याङ्जामा १२ र नवलपरासीमा २० जना छन् । त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या तीन हजार ११२ पुगेको छ ।...
अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि
विश्व, समाचार, स्वास्थ्य

अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि

नेपाल अखबार,  एजेन्सि। युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले  कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । ‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २...
चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन
प्रदेश ३, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन

नेपाल अखबार, चितवन। चितवनमा कोरोना सङ्क्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनले सङ्क्रमितमध्ये आधालाई अस्पतालबाटै कोरोना सरेको देखाएको हो। केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय (चितवन) का प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी छन्। यो सङ्ख्या आजसम्म सङ्क्रमित भएकामध्ये २० प्रतिशत हुन आउँछ। सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक जनामा संक्रमण सरेको पाइएको उनले बताए। यस आधारमा सङ्क्रमितको संख्याको ४० प्रतिशत हुन आउँछ। त्यसबाहेक सङ्क्रमित अन्य १ सय १ जनाले समेत अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा आफूलाई सङ्क्रमण भएको बताएका छन्। तिवारीले भने, ‘जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालको रहेको पाइयो।’ अध्ययन क्रममा उद्योग, व्यापार, होटल, फलफ...
कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा मन्त्रालययले सोमबार अपरानह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्य हुने थप १५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको हो। मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौँका एक महिलासहित ६ जना, ललितपुर र भक्तपुरका एक÷एक जना रहेका छन्। त्यस्तै मोरङका २ जना, रामेछाप, गोरखा, नवलपरासी, कपिलवस्तु र पर्साका एक एक जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।...
काठमाडौँमा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँमा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...