Saturday, July 11

स्वास्थ्य

पोखरा १६ का ८७ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु
समाचार, स्वास्थ्य

पोखरा १६ का ८७ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका पोखरा महानगर वडा नं १६ का ८७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । विभिन्न रोगबाट ग्रसित रहेका उनी सोमवार स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका लागि भर्ना भएकोमा मंगलवार विहान १०ः३० मा मृत्यु भएको अस्पतालले जनाएको छ । प्रतिष्ठानको निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनी किडनी, डाइवेटिज लगाएतका रोगबाट ग्रसित रहेका थिए । मंगलवार मात्रै तनहुँकी एक महिलाको पोखराको  सेवा हस्पिटलमा मृत्यु भएको थियो । उनमा पनि कोरोना पुष्टि भएको थियो ।  ...
डब्ल्यूएचओले भन्यो कसले धेरै फैलाइरहेका छन् कोरोना ?
विश्व, समाचार, स्वास्थ्य

डब्ल्यूएचओले भन्यो कसले धेरै फैलाइरहेका छन् कोरोना ?

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइस संक्रमण फैलाउन २० देखि ४० वर्षको उमेर समूहहरुको सबैभन्दा ठूलो हात भएको जानकारी दिएको छ । डब्ल्यूएचओले यीमध्ये धेरैलाई उनीहरु कोरोनाद्वारा संक्रमित छन् भनेर थाहा नै नभएको पनि बताएको छ । यो कुरा मंगलबार विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले भनेका हुन् । उनले भने, ‘कोरोना फैलने खतरामा थप वृद्धि भइरहेको छ । यो वृद्धा, बिरामी र जो घना जनसंख्या भएको इलाकामा बस्छन् उनीहरुका लागि थप जोखिमयुक्त भएको छ । ’ स्रोतः बीबीसी...
एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा एकैसाथ कोरोना पुष्टि
समाचार, स्वास्थ्य

एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा एकैसाथ कोरोना पुष्टि

नेपाल अखबार, चितवन। चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनीका ४२ जना प्रहरीमा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमा दुई महिला र ४० पुरुष छन्। भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक ४२ जना सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए। ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए। सुरुमा बाहिनीका नौ जनालाई ज्वरो आएको थियो। आठ जनालाई ज्वरो कम भएको छ। बाहिनीमा तीन सय भन्दा बढी सशस्त्र प्रहरी कार्यरत छन्। यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका सबै जिल्ला हेर्ने गर्छ। दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले बाह...
बाँकेमा कोरोना संक्रमणबाट सोमबार राति ५५ वर्षीय पुरुषको मृत्यु
समाचार, स्वास्थ्य

बाँकेमा कोरोना संक्रमणबाट सोमबार राति ५५ वर्षीय पुरुषको मृत्यु

नेपाल अखबार,बाँके । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो। ‘नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको राति ११:४५ बजे मृत्यु भएको हो,’ बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमबहादुर रानाले मंगलबार बिहान  भने। एसपी रानाका अनुसार निमोनियाँ, खोकीको समस्या देखिएपछि उनलाई गत साउन ३० गते नर्सिङ होम भर्ना गरिएको थियो। साउन ३२ गते स्वाब संकलन गरिएको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको हो भने त्यही राति पीसीआर परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको उनले बताए। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अहिले बिहान १० बजेतिर नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको एसपी रानाले जानकारी दिए। योसँगै बाँकेमा कोरोना संक्रमित चार जनाकाे ...
पोखरामा ४ जना कहित गण्डकीका थप ८ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ४ जना कहित गण्डकीका थप ८ जनामा कोरोना पुष्टि

नेपाल अखबार,  पोखरा । पोखरा महानगरका थप ४  जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरको  वार्ड नं. ६ का २ जना र  वार्ड नखुलेका २  जना गरी ४ जनामा  कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार वार्ड नं. ६ का २५ र ५० वर्षका २ महिला तथा वार्ड नखुलेका २३ र २८ वर्षका २ पुरुषमा मंगलबार बिहान कोरोना  देखिएको हो । त्यसैगरी मंगलबार बिहान  नै गण्डकी प्रदेशको  बागलुङ बरेङ -२ का ६ वर्षीय बालक र २५ बर्षीया महिला तथा नवलपुर कावासोती-२ का १४ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४  पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ५ सय ५० पुगेको छ ।...
काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो
समाचार, स्वास्थ्य

काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।...
सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित
समाचार, समाज, स्वास्थ्य

सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ४ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ रहेको छ।‍...
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ। संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३...
चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…
प्रदेश ५, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…

नेपाल अखबार, रुपन्देही । नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दा रहेछन् भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकारभित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस्, अपहेलना समेत भोग्नुपर्यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् । चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनको छिटो विधिबाट पिसिआर परीक्षण गर्यो ।  नतिजा पोजेटिभ आयो । यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे ।  तत्का...
पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,   पर्सा।  पर्साको पोखरिया नगरपालिकाका मेयर र अस्पतालका प्रमुखसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित थप ३३ जनामा आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो। कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि पर्सा जिल्ला विगत एक साता अघिदेखि लकडाउनमा छ। त्यसैगरी बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’ गरिएको छ।...