Sunday, March 29

अपराध

२५ लाख ठगेको अभियोगमा पक्राउ
अपराध, समाचार, समाज

२५ लाख ठगेको अभियोगमा पक्राउ

नेपालअखबार, काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु २५ लाख लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।...
डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ
अपराध, समाचार, समाज

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

नेपालअखबार, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिए। गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो। घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइ...
पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद
अपराध, समाचार

पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद

नेपालअखबार, पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ। संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक  बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए। गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए। सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ।...
कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

मुस्ताक आलम, इनरुवा । कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालले सुनसरीमा अवैध हतियार र लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। सुनसरी जिल्ला अन्तर्गत कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक टेकेन्द्र कार्की नेतृत्व टोलीले एक भारतीय नागरिकलाई पेस्तोल, राउण्ड र ब्राउन सुगरसहित पक्राउ गरेको हो। निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस तथा बी.ओ.पी. श्रीपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले २०८२ फागुन १ गते साँझ ५:५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR–50 AJ–4229 नम्बरको अपाची मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालकले शंकास्पद व्यवहार देखाउँदै भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भारत, अररिया जिल्ला बेला ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवान रहेका छन्। उनको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर राखिएको इटालियन ९ एम.एम. स्वचालित पेस्तोल १ थ...
रौतहटमा नक्कली हजारका १४ थान नोटसहित दुई जना पक्राउ
अपराध, समाचार, समाज

रौतहटमा नक्कली हजारका १४ थान नोटसहित दुई जना पक्राउ

नेपालअखबार,रौतहट । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो। पक्राउ पर्नेमा वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेश पटेलको गोजीबाट हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान...
हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ
अपराध, समाचार, समाज

हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ

नेपालअखबार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ। स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा बिहीबार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। तीनै जनाले बुधबार रातिसँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ। शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल...
२२ किलो चरेससहित दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

२२ किलो चरेससहित दुई जना पक्राउ

नेपालअखबार,पर्सा । पर्साको पोखरिया क्षेत्रबाट लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार बिहान बिन्दवासिनी गाउँपालिका–२ अन्तर्गत गर्दील चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडक खण्डमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ मुडली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् । प्रहरीका अनुसार उनीहरूले बोकेको दुई वटा कालो झोला शङ्कास्पद देखिएपछि जाँच गर्दा झोलाभित्र पानी खाने १० लिटरका ग्यालन भेटिएका थिए । ग्यालनको मुखमा घिउ राखी तल लुकाएर राखिएको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ । जाँचका क्रममा रैयस अलीले बोकेको ग्यालनबाट १० किलो ६०० ग्राम र मुनिलाल पटेलले बोकेको ग्यालनबाट ११ किलो ४०० ग्राम चरेस जस्त...
चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी
अपराध, समाचार, समाज

चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी

नेपालअखबार,काठमाडौं । चिनियाँ गिरोहको योजनामा चितवनमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ । खैरहनी नगरपालिका-६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि नामको कम्पनी खोली त्यसको आवरणमा नेटवर्क विस्तार गरेर ठूलो रकम ठगी गरेको खुलेको हो । केन्द्रीय साइबर ब्युरोले लामो अनुसन्धानपछि यो गिरोहका ११ सदस्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जिन्जाङ, तनहुँका १९ वर्षीय सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनका सोनम खातुन टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बाराका राम निवासप्रसाद कलवार छन् । यो समूहविरुद्ध अहिलेसम्म २५५ वटा सामूहिक उजुरी आएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ठगिने एकै परिवारका धेरै सदस्यसमेत छन् । अहिलेसम्मको उजुरीअनुसार १२ करोड ८ लाख १६...
सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार

सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका लागुऔषध मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-४ बाँसबारी बस्ने ३७  वर्षीय सोतेन्द्रबहादुर भट्ट रहेका छन् ।भट्ट काठमाडौं महानगरपालिका-४ चन्डोलबाट आइतबार पक्राउ परेका हुन् ।...
अनलाइन रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ
अपराध, समाचार, समाज

अनलाइन रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ

नेपालअखबार, गुल्मी । नेटवर्किङ व्यवसायमार्फत अनलाइन रोजगारीको नाममा रकम कमाउन सकिने भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ का २६  वर्षीय श्रवणकुमार पटेल र कैलालीको लम्कीचुहा नगरपालिका-६ का ४७ वर्षीय विष्णुबहादुर रावल रहेका छन् । गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार उनीहरू दुवै जना काठमाडौँमा पक्राउ परेका हुन् । उनीहरूमाथि गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडे बस्ने २९ वर्षीया धनमाया नेपालीले २६ लाख ९६ हजार ६५२ रुपैयाँ ठगी गरेको उजुरी दिएकी थिइन् । सारुका अनुसार सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका दुवै प्रतिवादीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको सारुले बताए ।...