Monday, November 3

अपराध

बाबुको हत्या आरोपमा पक्राउ परे छोरा
अपराध, प्रशासन, समाचार

बाबुको हत्या आरोपमा पक्राउ परे छोरा

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। युवराज आइतबार बिहान १०:३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइ...
जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान
अपराध, प्रशासन, समाचार

जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् । असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए । उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बता...
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
अपराध, समाचार

मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ

नेपालअखबार, उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ बस्ने २३ वर्षीय बिकि भन्ने विवेक राई छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो। शंकास्पद लागेपछि उनीहरूलाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स-रे गर्दा यो रहस्य बाहिर आएको हो। उनीहरूले मलद्वारभित्र लागू औषधका एम्पुलहरू 'फ्रिजिङ' गरेर लुकाएर ल्याउँदै गरेको खुल्यो। तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको छ। अस्पतालका डाक्टरहरूले उनीहरूको मलद्वारबाट लागुऔषध सुरक्षित रूपमा निकालेका ...
केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ
अपराध, समाचार

केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ

नेपालअखबार,काठमाडौँ । केन्द्रीय कारागार (सुन्धारा)बाट भागेका कैदी पाल्पामा पक्राउ परेका छन्। पाल्पाको पूर्व खोला गाउँपालिका वडा- ३ का ३५ वर्षीय रुद्र प्रसाद न्यौपाने पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आइतबार पक्राउ गरेको हो। न्यौपानेलाई बैकिङ कसुर मुद्दाका कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार  भदौं- २४ गतेको आन्दोलन सुन्धरा कारागारबाट भागेको थिए। भागेर गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। 'हामीले न्यौपानेलाई नियन्त्रणमा लिएर जिल्ला कारागार पठाइदिएका छौं,' उनले भने।...
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त
अपराध, समाचार, समाज

गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त

नेपालअखबार,गुल्मी । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् । विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए । दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गर...
सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या
अपराध, समाचार, समाज

सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या

नेपालअखबार,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी  छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको ह...
बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि
अपराध, विदेश, समाचार

बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि

नेपालअखबार,लन्डन । बेलायतमा रेलभित्र हुने यौन अपराधका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। गत वर्ष मात्र २ हजार ६ सय ६१ घटना दर्ता भएका थिए, जसमा करिब १० प्रतिशत पीडित बालबालिका थिए । तीमध्ये कतिपयको उमेर १३ वर्षभन्दा कम रहेको उल्लेख छ । बीबीसीद्वारा गरिएको एक अनुसन्धान अनुसार पछिल्लो १० वर्षमा इंग्ल्यान्ड, स्कटल्याण्ड र वेल्सभर यौन अपराधका घटनामा झन्डै ३७ प्रतिशतले वृद्धि भएको देखिएको हो । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले यस्ता घटनामा आएको वृद्धिलाई ‘गम्भीर चिन्ताको विषय’ बताउँदै हरेक उजुरी गम्भीरताका साथ लिइने जनाएको छ। त्यस्तै, रेल सञ्चालन गर्ने कम्पनीहरूको प्रतिनिधि संस्थाले पनि ‘यौन दुर्व्यवहारप्रति शून्य सहनशीलता नीति’ लागू गरिएको स्पष्ट पारेको छ। वेल्सकी १८ वर्षीय रिह्यानोन विलियम्सले यसै वर्ष रेल यात्राको क्रममा आफूलाई केही पुरुष समूहले दुर्व्यवहार गरेको बताइन् । ‘त्यो क्षण ...
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक जना पक्राउ
अपराध, समाचार

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक जना पक्राउ

नेपालअखबार, पोखरा  । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन विक छन् । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । गएराति ९ बजेतिर उनी पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।पेस्ताले देखाएर लुटपाट गर्न खोजेको भन्ने सूचना पाउनासाथ खटिएको टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।...
नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरे
अपराध, समाचार

नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरे

नेपालअखबार,काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।...
काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
अपराध, समाचार, समाज

काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

नेपालअखबार,काठमाडौँ। प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा देशका दुई फरक स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भएका २१ वर्षीय तामाङविरुद्ध परेको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुले उनलाई नियन्त्रणमा लिएको हो। उता, धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, ओरवाङ बस्ने ३२ वर्षीय जगत कोइरालालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेनीघाटले पीडितको उजुरीपछि उनलाई पक्राउ गरेको हो। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।...