Tuesday, August 18

अपराध

लागूऔषधसहित १४ जना पक्राउ
अपराध, प्रशासन, समाचार

लागूऔषधसहित १४ जना पक्राउ

नेपालअखबार,काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एक/एक जना पक्राउ परेका छन् ।प्रहरीले उनीहरूका साथबाट लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन तथा चिकित्सको सिफिारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको छ ।...
जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
अपराध, समाचार, समाज

जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

नेपालअखबार,जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाक मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया छन् । आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरिएको छ ।बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घ...
धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ
अपराध, समाचार, समाज

धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ

नेपालअखबार, काठमाडौं । कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले वडा नम्बर ७ को मनोहरा, वडा नम्बर ३ को बोराडाँडी र वडा नम्बर १३ बाट ११ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ (२ ग्राम ३०३ मिलिग्राम) सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्थानीय शिवनारायण राना (२१), रामअवतार राना (२९), सुवास राना (२४), जस्मन्त राना (२७), सुवास राना (२७) र एक जना नाम नखुलाइएका १८ वर्षीय किशोर रहेका छन् । यस्तै वडा नम्बर ३ मा पर्ने फाप्ला क्रिकेट ग्राउन्ड नजिकबाट लागुऔषध चरेस (२ ग्राम ६३ मिलिग्राम) सहित दुई ...
मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङ छन् ।उनीहरूले एक महिलालाई टिकटक लाइभमा नग्न बस्न लगाएर भिडियो बनाएकाे र त्यही भिडियाे बनाएर बार्गेनिङ गरेको प्रहरीले जनाएकाे छ । त्यही भिडियाेका देखाउँदै ती महिलालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको र रकम असुल गरेकोसम्मकाे आरोप उनीहरुमाथि छ ।...
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

एक्काइस किलो गाँजासहित एक जना पक्राउ

नेपालअखबार, सिरहा । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।...
सुनका गहना चोरी आरोपमा दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

सुनका गहना चोरी आरोपमा दुई जना पक्राउ

नेपालअखबार,काठमाडौं । सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् । किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन् । मनोज सुन पसल सञ्चाल समेत हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । किशोरले कटारी नगरपालिका–३ मा सानुमाया तामाङको घरबाट सुनका गरगहना चोरी गरेको आरोप छ । नगद २ लाख ५० हजार र सुनका १८ लाखका गरगहना गरी २० लाख ५० हजारको चोरी भएको बताइएको छ । चोरी गरेर काठमाडौं आएका ती किशोर र सुन किन्ने दुबैलाई कटारी पठाइएको प्रहरीले बताएको छ । उनीहरुबाट प्रहरीले सुनका चुरा ६ थान पनि बरामद गरेको छ ।...
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
अपराध, समाचार, समाज

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

नेपालअखबार,काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको छ । शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।...
सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ
अपराध, प्रशासन, समाचार

सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ

नेपालअखबार,सिरहा । सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।...
थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या
अपराध, समाचार, समाज

थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

नेपालअखबार,काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् । चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
रंजितपुरबाट १४१ किलो गाँजासहित २ जना पक्राउ
अपराध, समाचार, समाज

रंजितपुरबाट १४१ किलो गाँजासहित २ जना पक्राउ

नेपालअखबार,सप्तरी । सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए । उनीहरूले प्रयोग गरेको गाडीबाट करिब १४१ किलो गाँजा फेला परेको हो । प्रहरी चौकी विसनपुरबाट प्रहरी साहयक निरीक्षक हरेन्द्र यादवसहितको कमाण्डमा खटिएको प्रहरी टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाएर लुकाएको १४ वटा पोका गाँजा फेला पारेको हो । गाँजा फेला परेपछि चालक महाप्रसाद लिम्बु र गाडीमा सवार बल बहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सप्तरी प्रहरीका अनुसार स...