१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो
नेपालअखबार, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित अमेरिकी आक्रमणको समयसीमा १० दिन पछाडि सार्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको हो । द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म लम्बिने चिन्ता बढिरहँदा अघिल्लो दिन बढेको मूल्यलाई आंशिक रूपमा मात्र सम्हाल्दै बजारमा अनिश्चितता कायमै रहेको देखिएको छ ।
शुक्रबार ०२ः ३० जीएमटीमा लन्डनस्थित आईसी एक्सचेञ्जमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ९३ डलर शून्य ७ सेन्टमा झरेको छ ।
त्यस्तै, तेलको अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) १ दशमलव ८ प्रतिशतले घटेर १०६ डलर १२ डलर प्रति व्यारेलमा कारोबार भएको छ । दीर्घकालीन रूपमा हेर्दा मूल्य अझै उच्च अव...








