Saturday, May 9

अर्थ

सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ
अर्थ, समाचार

सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ

नेपालअखबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कुनै सहकारीका सदस्यले कर्जा लिँदा राखेको धितोलाई सो सहकारीले फेरि सहकारी बैंकमा राख्न सक्छ । तर, यसरी ऋणीको धितो राखी सहकारीले कर्जा लिँदा उसको सदस्यले लगेको कर्जा भन्दा धेरै हुन नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि सहकारीहरूले आफ्ना सदस्यको धितोलाई प्रयोग गरेर अधिक कर्जा लिने गरेका थिए । त्यसले गर्दा संस्थामा धेरै जटिलता समेत आइपरेका थिए । केन्द्रीय बैंकले विगतमा भएका जटिलतालाई मध्यनजर गर्दै सहकारीले आफ्ना ऋणी सदस्यको धितोमा दिएको कर्जाभन्दा बढी ऋण उसले सहकारी बैंकबाट लिन नसक्ने व्यवस्था गरेको हो। आइतबार केन्द्रीय बैंकले सहकारी बैंकलाई एकीकृत निर...
सुनको मूल्य सामान्य बढ्यो
अर्थ, समाचार

सुनको मूल्य सामान्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० रुपैयाँ बढेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
अर्थ, समाचार

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

नेपालअखबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । ...
सुन तोलामा ३ हजार ५ सय बढ्यो
अर्थ, समाचार

सुन तोलामा ३ हजार ५ सय बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ । चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।...
किसानलाई दूधमा दश रुपैयाँ अनुदान
अर्थ, कृषि, समाचार

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

नेपालअखबार,तनहुँ । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ । नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० तोकिएको छ । यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।...
सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम
अर्थ, समाचार

सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो । यस्तै आइतबार १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
‘सी बेबी’ ड्रोन प्रयोग गरेर युक्रेनले रुसी तेल ट्यांकरमाथि गर्‍यो हमला
अर्थ, समाचार

‘सी बेबी’ ड्रोन प्रयोग गरेर युक्रेनले रुसी तेल ट्यांकरमाथि गर्‍यो हमला

नेपालअखबार,काठमाडौं । युक्रेनले रूसी तेल ट्यांकरहरूमाथि नयाँ प्रविधिको प्रयोग गरेर हमला गरेको छ । युक्रेनका अधिकारीहरूले बताए अनुसार युक्रेनी नौसैनिक ड्रोनले ब्ल्याक सी हुँदै गइरहेका रूसको ‘छायाँ फ्लीट’सँग सम्बन्धित दुई तेल ट्याङ्करहरूलाई निशाना बनाएका छन् । एक भिडियोमा पानीमा चल्ने ड्रोनहरू छालहरूलाई चिर्दै जहाजहरूतर्फ अगाडि बढिरहेका र त्यसपछि ठोक्किएर ठूलो विस्फोटका साथ आगलागी भएको देखिन्छ । टर्कीका अधिकारीहरूका निशाना बनाइएको ट्यांकरहरूको नाम काइरोस र विराट हुन् । दुवैमा गाम्बियाको झण्डा लगाइएको छ । दुवै ट्यांकरहरूमाथि शुक्रबार टर्कीको तट नजिकै हमला गरिएको थियो । रिपोर्ट अनुसार, विराटलाई शनिबार फेरि पनि निशाना बनाइएको थियो । यद्यपि, यस हमलामा कुनै हताहत भएको जानकारी छैन । ट्यांकर चालक दलले संकटकालीन कल गरेर ड्रोन हमलाको सूचना दिएका थिए । उनीहरूले मानवरहित समुद्री ड्रोनबाट हमला भएको ...
पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
अर्थ, कृषि, समाचार

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

नेपालअखबार,झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएकाे छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियाे । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएकाे हाे ।...
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
अर्थ, समाचार

तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन

नेपालअखबार,काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो । असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।...
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
अर्थ, समाचार

तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ। चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।...