आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
नेपालअखबार,धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।
अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ । मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताए ।
उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन् । यस वर्ष करिब रु २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे । “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उनले भने, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गरेकाे हाे ।
सोही ठाउँका ज्ञा...









