Saturday, May 30

अर्थ

पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी
अर्थ, समाचार

पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

वासुदेव पौडेल/कृष्ण दवाडी, गण्डकी । कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले बताउनुभयो । कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा भने गति लिने विश्वास लिइएको उहाँले बताउनुभयो । “विगतमा यस समयमा दैनिक १०० भन्दा बढी विदेशी एवं स्वदेशी पर्यटक हुन्थे”, उहाँले भन्नुभयो, “अहिले भने विदेशी पर्यटक आउने अवस्था छैन, हामीले आन्तरिक पर्यटनलाई नै विशेष जोड दिएका छौँ ।” सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर उत्साहित बनेका यहाँका पर्य...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ
अर्थ, प्रशासन, समाचार

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

नेपाल अखबार, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
दुई महिनामा पाँच करोड किलो चिनी आयात
अर्थ, समाचार, समाज

दुई महिनामा पाँच करोड किलो चिनी आयात

नेपाल अखबार, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो ।  अन्तर्राष्ट्रिय भन्सार कारोबार संकेत (हार्मोनाईजेसन कोड) १७०११३९० र १७०११४९० मा शुद्ध चिनी आयात हुन्छ । | नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् । नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो । चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिँदा ब...
तनहुँमा उत्पादित दूध र मासु मागभन्दा बढी
अर्थ, कृषि, समाचार

तनहुँमा उत्पादित दूध र मासु मागभन्दा बढी

नेपाल अखबार, दमौली । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिनुभयो । “जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ”, डा श्रेष्ठले भन्नुभयो । डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५...
कात्तिकदेखी सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
अर्थ, प्रशासन, समाचार

कात्तिकदेखी सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल अखबार, काठमाडाैं।  सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो ।...
यति एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक
अर्थ, पर्यटन, समाचार

यति एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक

नेपाल अखबार, काठमाडौं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ ।  एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारासहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो । पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, ...
पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य
अर्थ, प्रशासन, समाचार

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

नेपाल अखबार, पर्सा। भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले राससलाई बताए । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र  व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बत...
आजबाट आन्तरिक उडान सञ्चालनमा
अर्थ, समाचार

आजबाट आन्तरिक उडान सञ्चालनमा

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण रोक्न देशव्यापी आह्वान गरिएको बन्दाबन्दीका कारण ठप्प आन्तिरक हवाई उडान छ महिनापछि बल्ल आजदेखी सञ्चालनमा आएको छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो।वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन्। तर उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ। नागरिक उड्डयन प्राधिकरणले उडानका लागि तोकिएका स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको जनाएको छ । यसअघि सरकारले असोज १ देखि नै ५० प्रतिशत मात्र यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । वायु सेवा सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि असोज ५ गतेलाई सरेको हो ।...
असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने
अर्थ, समाचार

असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने

नेपाल अखबार, पोखरा । आगामी असोज ५ गते सोमबारदेखी हवाई उडान सञ्चालनमा आउने भएका छन् । एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो । यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छ...
आन्तरिक उडान असोजबाट ५ गतेदेखि पूर्ण क्षमतामै हुने
अर्थ, समाचार

आन्तरिक उडान असोजबाट ५ गतेदेखि पूर्ण क्षमतामै हुने

नेपाल अखबार, काठमाडाैं। यही असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्र लेखेको हो। ‘मन्त्रालयले लेखेको पत्रमा ५० प्रतिशत उडान गर्नु भन्ने छैन। हामी फुल सिट क्षमतामै उडान गर्न अनुमति दिन्छौँ’, प्राधिकरणका एक उच्च अधिकारीले  भने, ‘असोज ५ देखि नियमित रुपमा आन्तरिक उडान हुन्छ।’ प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार शतप्रतिशत क्षमतामै उडान गर्न दिने निर्णय भएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सोमबारदेखि फुल क्षमतामा आन्तरिक उडान हुने बताए। ‘नागरिक उ...