Saturday, June 13

अर्थ

यति एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक
अर्थ, पर्यटन, समाचार

यति एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक

नेपाल अखबार, काठमाडौं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ ।  एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारासहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो । पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, ...
पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य
अर्थ, प्रशासन, समाचार

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

नेपाल अखबार, पर्सा। भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले राससलाई बताए । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र  व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बत...
आजबाट आन्तरिक उडान सञ्चालनमा
अर्थ, समाचार

आजबाट आन्तरिक उडान सञ्चालनमा

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण रोक्न देशव्यापी आह्वान गरिएको बन्दाबन्दीका कारण ठप्प आन्तिरक हवाई उडान छ महिनापछि बल्ल आजदेखी सञ्चालनमा आएको छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो।वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन्। तर उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ। नागरिक उड्डयन प्राधिकरणले उडानका लागि तोकिएका स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको जनाएको छ । यसअघि सरकारले असोज १ देखि नै ५० प्रतिशत मात्र यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । वायु सेवा सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि असोज ५ गतेलाई सरेको हो ।...
असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने
अर्थ, समाचार

असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने

नेपाल अखबार, पोखरा । आगामी असोज ५ गते सोमबारदेखी हवाई उडान सञ्चालनमा आउने भएका छन् । एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो । यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छ...
आन्तरिक उडान असोजबाट ५ गतेदेखि पूर्ण क्षमतामै हुने
अर्थ, समाचार

आन्तरिक उडान असोजबाट ५ गतेदेखि पूर्ण क्षमतामै हुने

नेपाल अखबार, काठमाडाैं। यही असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्र लेखेको हो। ‘मन्त्रालयले लेखेको पत्रमा ५० प्रतिशत उडान गर्नु भन्ने छैन। हामी फुल सिट क्षमतामै उडान गर्न अनुमति दिन्छौँ’, प्राधिकरणका एक उच्च अधिकारीले  भने, ‘असोज ५ देखि नियमित रुपमा आन्तरिक उडान हुन्छ।’ प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार शतप्रतिशत क्षमतामै उडान गर्न दिने निर्णय भएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सोमबारदेखि फुल क्षमतामा आन्तरिक उडान हुने बताए। ‘नागरिक उ...
लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा
अर्थ, समाचार, हाइलाइट-समाचार

लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ। श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको शुक्रबार एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्। कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन्। सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए। उनले विद्युत्लाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिने बताए। विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अ...
अनलाइनबाट कमाएको विदेशी मुद्रा सजिलै नेपाल ल्याउन सकिने
अर्थ, समाचार

अनलाइनबाट कमाएको विदेशी मुद्रा सजिलै नेपाल ल्याउन सकिने

नेपाल अखबार, काठमाडौं । अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ । नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बौद्धिक सम्पत्ति वा दक्षता अनलाइन बिक्रीबापत् प्राप्त हुने विदेशी मुद्रालाई बैङ्किङ प्रणालीमार्फत् नेपाल भित्र्याउने बाटो खुला गरेको हो । नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले त्यस्तो रकमलाई स्वदेशी बैङ्क खातामै जम्मा गर्न सकिने र तोकिएको सीमा अनुसार स्वदेशी मुद्रामा रकमान्तर समेत गर्न सकिने व्यवस्था गरेको हो । यसअघि यस्तो भुक्तानी वेष्टर्न युनियन मनि ट्रान्सफर लगायत रेमिट्यान्स कम्पनीमार्फत् हुँदै आएको थियो । विभागले बिहीबार सूचना जारी गर्दै अनलाइन वित्तीय सेवामार्फत् नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न व्यवस्था गरिएको जानकारी दिएको हो । ‘सूचना प्रविधिसम्बन्धी दक्षता, विज्ञताको निकासी बिक्री, सामाजिक सञ्जालमा राखिएबा...
‘५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक’
अर्थ, समाचार

‘५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक’

नेपाल अखबार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ । एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा पूर्ण क्षमतामा यात्रु राखि पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै आफुहरुले उडान सूचारु गर्न सक्ने बताए । अध्यक्ष थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको पनि स्पस्ट पारे । उनले ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताए । सरकारले कुन आधारमा यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र एयरक्राफ्ट भित्र ५० प्रतिशत यात्रु राख्न भन्यो आफूहरुले बुझ्न नसकेको थापाको भनाइ छ । एयरलाइन्स घाटामा गएपनि ...
२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि
अर्थ, समाचार, समाज

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि

नेपाल अखबार, भैरहवा।  भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताए। उनका अनुसार यस नाकाबाट दैनिक १२(१५ वटा प्याजका गाडी भित्रिने गरेका थिए। भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पु¥याए। यो मूल्य अझै बढ्ने सम्भावना छ। भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन्। कृत्रिम अभाव गराएर व्यापारीले प्याजमा कालोबजारी गरिरहेको उपभोक्ताहरू बताउँछन्। ‘एक–दुई दिनभित्र प्याज छोइनसक्नु भएको छ’, ओमसतिया गाउँपालिकाका स्थानीय अच्युत आचार्यले...
आजदेखि लामो दूरीका गाडी सञ्चालन
अर्थ, समाचार, समाज

आजदेखि लामो दूरीका गाडी सञ्चालन

नेपाल अखबार, काठमाडाैं। लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुराेध गरिएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हाे। तर ५० प्रतिशत अर्थात् सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइनेछ भने यात्रुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ।...