Tuesday, November 4

अर्थ

सहुलियत कर्जा सहज बनाउन बैंकहरुलाई निर्देशन
अर्थ, समाचार

सहुलियत कर्जा सहज बनाउन बैंकहरुलाई निर्देशन

काठमाडौं-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरु अनुसार ऋणको संख्या तोकिएको हो। बैंक तथा वित्तीय सस्थाहरुले यस्तो कर्जा नदिएपछि संख्या नै तोकिएको हो। राष्ट्र बैंकले एक सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधी ०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो। बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म ५ सयवटा कर्जा दिनुपर्नेछ। यसैगरी विकास बैंकहरुले २ सयवटा र फाइनान्सले १ सयवटा कर्जा दिनुपर्ने छ। सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकता दिएर प्रवाह गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको निर्देशन बैंकहरुले कार्यन्वयन गर्ने हो भने अगामी असा...
सुनको भाउ बढ्यो, कति छ आजकाे रेट ?
अर्थ, समाचार

सुनको भाउ बढ्यो, कति छ आजकाे रेट ?

छिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ ।...
सरकारले माग्याे मुआब्जाकाे निबेदन
अर्थ, समाचार, हाइलाइट-समाचार

सरकारले माग्याे मुआब्जाकाे निबेदन

सरकारले १२ सय मेगावाटको प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित घरधनीलाई बाँकी मुआब्जा वितरणको लागि निवेदन दिन सूचना प्रकाशन गरेको छ। मंगलबार गृह मन्त्रालयले धादिङ र गोरखाका प्रभावित क्षेत्रका मुख्य बजार र सडकको दायाँ तथा बायाँ पर्ने जग्गाको मुआब्जा रकम निर्धारणपछि गाेरखापत्रमा २ हजार ७ सय ४८ जग्गा धनीको नामावली नै प्रकाशन गरेर मुआब्जाको लागि निवेदन दिन भनेको हो ।...
आरुघाटवासीको आक्रोश ः ‘हामी घर न घाटको भयौ’
अर्थ, समाचार, हाइलाइट-समाचार

आरुघाटवासीको आक्रोश ः ‘हामी घर न घाटको भयौ’

आरुघाट । मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउदै आरुघाटवासी आन्दोलित भएका छन् । सरकारले सोमबार आरुघाट, आरखेत, धादिङ तर्फको खहरे, विशालटार लगायतका स्थानको मुआब्जा दर सार्वजानिक गरेपछि उनिहरु आन्दोलनमा उत्रेका हुन् । ‘सरकारले सार्वजानिक गरेको मुल्य कत्तिपनि ब्यवहारिक भएन’ बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेश ढकालले भने ‘खाए खा नखाए घिच जस्तो ब्यवहार हामी मान्दैनौ, तत्काल निर्णय सच्चयाउनुपर्छ ।’ आयोजना मुआब्जा निर्धारण समितिले प्रतिआना न्यूनतम ५० हजारदेखि ७ लाखसम्म मुल्य निर्धारण गरेको छ । तर समितिको निर्णयप्रति स्थानीयले असन्तुष्टी जनाएका छन् । ‘हामीले ८ बर्ष पहिला नै दुई आनाको १६ लाखमा किनेको, अहिले सरकारले १४ लाख दिने रे’ प्रभावित सिरमाया गुरुङले भनिन् ‘माथी गाउँमा भएको सबै ज्याथा बेचेर बजारमा झरियो, अब सरकारले नै घर न घाटको बनाउला जस्तो छ ।’ गाउँपालिका अध्यक्ष पूर्णबहादुर...
बूढीगण्डकी : १२०० कि ८०० ?
अर्थ, समाचार, हाइलाइट-समाचार

बूढीगण्डकी : १२०० कि ८०० ?

रामराज शर्मा भर्खरै ऊर्जा सम्मेलन सम्पन्न भयो। निजी क्षेत्रका विद्युत् उत्पादकहरूको संस्था इपानले आयोजना गरेको सम्मेलनमा बिजुलीको बजार र उत्पादनमा भइरहेका समस्याबारे गहिरो चिन्ता व्यक्त गरियो। सरकारले ५ वर्षमा ५ हजार (अबको ३ वर्षमा ३५०० मेगावाट) र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ तर त्यसअनुरूप काम हुन सकिरहेका छैनन्। बरु जति काम भएका छन्, निजी क्षेत्रबाटै भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै वर्षपहिला सुरु भएर अहिले सम्पन्न भएका आयोजनाहरू उद्घाटन गरिरहेका छन् र जस लिने प्रयास गरेका छन्। तर ओलीको नेतृत्वमा सरकार बनेपछि कुनै सरकारी आयोजना निर्माण सुरु गरिएका छैनन्। लक्ष्य राख्ने तर काम नगर्ने प्रचलन यथावत् छ। अहिले फेरि बूढीगण्डकी जलविद्युत् आयोजनाको चर्चा चुलिएको छ। यो आयोजना बिनाप्रतिस्प्रर्धा गेजुवालाई सुम्पिनुमा चर्चामा आएजस्तै हाइड्रो दलालहरूको संल...
पुस ४ देखि दोस्रो गोरखकाली मेला हुने, के–के छन् आकर्षण ?
अर्थ, प्रदेश ४, समाचार

पुस ४ देखि दोस्रो गोरखकाली मेला हुने, के–के छन् आकर्षण ?

गोरखा सदरमुकाममा दोस्रो गोरखकाली मेला हुने भएको छ । हरमटारी क्लबको आयोजनामा आगामी पुस ४ देखि १३ गतेसम्म मेला हुने भएको हो । ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ १० दिनसम्म मेला सञ्चालन हुने क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘मेला गर्न हाम्रो आन्तिरक तयारी सकिएको छ, अब बाहिरी तयारीमा लाग्दैछौ’ क्लबका अध्यक्ष बिशाल गुरुङले भने । भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्धनका लागि मेला गर्न लागेको बताएको छ । ‘मेला गर्नुको मुख्य उदेश्य नै गोरखामा रहेका बिभिन्न जातजाती, धर्मको भाषा, संस्कृति लगायतको पहिचान गराउने हो र तिनको संरक्षणमा सहयोग पुगोस भन्ने हो’ अध्यक्ष गुरुङले भने ‘हाम्रा धेरै संस्कृती लोप हुने अवस्थामा पुगेका छन्, तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो, मेला मार्फत उजागर गर्न चाहान्छौ ।’ त्...