Saturday, August 1

अर्थ

नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै
अर्थ, कृषि, विदेश, समाचार

नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै

नेपाल अखबार, एजेन्सि । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् । स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् । करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन् । सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो...
कोभिड–१९ः यसरी सुरक्षित हवाईयात्रा गर्न सकिन्छ
अर्थ

कोभिड–१९ः यसरी सुरक्षित हवाईयात्रा गर्न सकिन्छ

नेपाल अखबार, काठमाडाैं।  ‘कृपया अब हामी बुद्ध एयरको उडान नं। ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु महानुभावहरु ध्यानदिनुहोला १ “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति आवश्यक भएमात्र शौचालयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनुहोला साथै उडान अवधिभर श्वासप्रश्वास सम्बन्धी केही समस्या भएमा, रिङ्गटा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लँदा चार–चार जना मात्र ओर्लनुहोला । विमान परिचारिकाले यात्रुले पालना गर्नुपर्ने कोभिड–१९ सुरक्षा निर्देशन ‘अप्नाउनुस्’ गरिसक्नासाथ विमानमा सवार एक...
घातक पाउडर विक्रि गरेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब डलर जरिवाना तिर्न आदेश
अर्थ, विश्व

घातक पाउडर विक्रि गरेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब डलर जरिवाना तिर्न आदेश

नेपाल अखबार, उजेन्सि। संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ। यद्यपी मिजौरी पुनरावेदन अदालतले जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो। प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना माग दाबी गरिएको थियो। अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ। अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सनविरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिमानालाई दाँज्न नसकिने जनाएको छ। सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेर...
तातोपानी नाका नियमित सञ्चालन
अर्थ

तातोपानी नाका नियमित सञ्चालन

नेपाल अखबार, सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ । वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएता पनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए  । बाह्रबिसेमाथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधैँ रहन्छ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।रासस...
विश्वव्यापी फैलिएको कोरोना रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा
अर्थ, कृषि, समाचार

विश्वव्यापी फैलिएको कोरोना रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा

नेपाल अखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धिका कार्याक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताए । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रका रूपमा घोषणा गर्दै आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ । स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्...
३४ अर्व ८४ करोडको बजेट गण्डकी प्रदेशमा
अर्थ, प्रदेश ४

३४ अर्व ८४ करोडको बजेट गण्डकी प्रदेशमा

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको बताए । उनले पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार तथा वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको जनाएका छन । बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रू ३४ अरब ८४ करोड २१ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए । जसमध्ये, चालुतर्फ रु १४ अर्व ३४ करोड २६ लाख ८४ हजार, तथा पुँजीगततर्फ रु १९ अर्व ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन प्रस्ताव गरेको मन्त्री गुरुङले जनाए । यो बजेट प्रस्तुती संगै गण्डकी प्रदेशको आगा...
गण्डकी प्रदेशमा सबै भत्ता खारेज
अर्थ, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा सबै भत्ता खारेज

नेपाल अखबार, पोखरा । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइँदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए। प्रदेश तथा स्थानीय तहको सेवामा उपयुक्त उम्मेदवार छनौट गर्न प्रदेश लोक सेवा आयोगको गठन गरी कार्य प्रारम्भ गर्न ८ करोड ९५ लाख बजेट रुपैयाँ विनियोजन भएको छ । प्रदेशसभाको भौतिक संरचना निर्माण, प्रदेशसभा सञ्चालन तथा विषयगत समिति र सचिवालय व्यवस्थापन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि १२ करोड २२ लाख विनियोजन गरिएको छ ।...
किसानलाई ४० हजार माछाका भुरा वितरण
अर्थ, समाचार

किसानलाई ४० हजार माछाका भुरा वितरण

नेपाल अखबार,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दरले खरिद गरी किसानलाई न्यूनतम ५ सयदेखि तीन हजारसम्म माछाका भुरा वितरण गरिएको पशुसेवा शाखाका प्रमुखसमेत रहेका पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटबाट कूल रु ४५ हजारमा पोखरादेखि माछाका भुरा ल्याई किसानलाई अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो छ । किसानको पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको जनाइएको छ । नगरपालिकाको भकिम्लीका १२, ज्यामरुककोटका छ, रत्नेचौरका चार, अर्थुङ्गेका तीन र पुलाचौर दुई किसानलाई कमन र ग्रासकार्प जातको माछाका भुरा वितरण गरिएको शाखाले जनाएको छ । गएको वर्षमा ...
बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या
अर्थ, कृषि

बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या

नेपाल अखबार, काठमाडौँ । धानबाली लगाउने बेला सुरु भएसँगै बजारमा मलको अभाव देखिन थालेको छ । नेपालको मुख्य बालीको रूपमा रहेको धानको रोपाइँ गर्ने सिजनमा अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि कृषकले मल नपाउने अवस्था आको हो । अहिले कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका बिक्री केन्द्रबाट किसान र कृषि सहकारी र समूहहरुले माग गरिएको भन्दा निकै कम मात्रै मल प्राप्त गरिरहेका छन् । भनेजति मल नपाउँदा कृषक निराश भएका छन् । कृषि सहकारीहरुले पनि आफ्ना सदस्यलाई रित्तो हात फर्काउन बाध्य भएका छन् । सीमित कोटा, लकडाउनले समस्या बाली लगाउने सिजनमा मल अभाव हुने यहाँको समस्या अहिलेको मात्रै होइन, यो विगतदेखिकै परम्परा हो । तर कृषि विकास मन्त्रालयले यो वर्ष अघिल्ला वर्षको जस्तो अभाव नहुनेगरी थप मल आयातको व्यवस्था गरेको थियो । आपूर्तिमा देखिएको समस्याका कारण यो वर्ष पनि विगतकै पुनरावृत्ति भएको हो । नेपालको माटो र अह...
सुन बेच्नेको घुँइचो लागेपछि महासंघले भन्यो– ‘किन्न सकिँदैन’
अर्थ

सुन बेच्नेको घुँइचो लागेपछि महासंघले भन्यो– ‘किन्न सकिँदैन’

नेपाल अखबार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न नसक्ने स्पष्ट पारेको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्राको अवमूल्यन भएको तथा सुनमा लाग्दै आएको भन्सार राजश्व वृद्धि भएका कारण सुनको मूल्य बढेको उल्लेख गर्दै महासंघले ग्राहकहरुलाई धैर्यधारण गर्न आह्वान गरेको छ । साथै सरकारलाई नीतिगत निर्णय गरी व्यवसायीहरुलाइ सहयोग गर्न आग्रह समेत गरेको छ । कोरोना महामारीसँगै घोषणा गरिएको लकडाउनपछि व्यसाय बन्द भएको अवस्थामा सुनचाँदी व्यवसाय क्षेत्र अरु व्यवसायजस्तै आक्रान्त भएको जनाउँदै महासंघले ६० अर्ब रुपैंया लगानी रहेको यो क्षेत्रलाई बचाउन सरकारसँग सहुलियतपूर्ण...