Monday, August 3

कृषि

भारतीय किसानको उद्घोष- सास रहेसम्म डटिरहन्छौं
कृषि, विश्व, समाचार, समाज

भारतीय किसानको उद्घोष- सास रहेसम्म डटिरहन्छौं

नेपालअखबार, पन्जाब। अमृतसर पञ्जाबकी ५५ वर्षीया गुरमित कौर किसान आन्दोलनको झण्डा बोकेर पछिल्लो सात दिनदेखि सिंधू बोर्डरमा प्रदर्शन गरिरहेकी छन् । घरबाट चार जना सदस्यसहित राजधानी दिल्ली जाऔं अभियानमा सहभागी भएको बताउने उनी आन्दोलन सफल नबनाई घर नफर्किने पक्षमा छिन् । उत्तरप्रदेशका अर्का किसान कुलदीप सिंह सन्धु पनि सरकारले किसानका माग सम्बोधन गर्नुपर्ने मागसहित दिल्ली जाऔं यात्रामा सहभागी छन् । यसपटकको आन्दोलन सफल बनाएरै छाड्ने बताउँदै उनी भन्छन्, ‘हामी घरबाट कफन बाँधेर आन्दोलनमा आएका छौं । अन्तिम सास रहुन्जेल डटिरहने छौं ।’ हरियाणाका युवा किसान धर्मवीर ढिंढसा पनि घर छाडेर आन्दोलनमा होमिएको एक हप्ता भइसकेको छ । सरकारको किसानमारा नीतिका कारण खेत खलियान छाडेर सडकमा आउन बाध्य भएको उनी बताउँछन् । ‘सरकारले जबरजस्ती जग्गा हडपेको छ । किसानहरुको उत्पादनको उचित मूल्य पनि दिएको छैन, किसानहरु कर्जा...
बीमा र अनुदानले स्याउ किसान लाभान्वित
कृषि, समाचार, समाज

बीमा र अनुदानले स्याउ किसान लाभान्वित

नेपालअखबार, मुगु । सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकताभन्दा बढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो  । छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँ पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भए पनि किसानले बीमाबापतको रकम भुक्तानी पाएपछि राहत महसुस गरेका हुन्  । पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । स्याउ फुल्ने समयमा छाँयानाथ रारा नगरपालिकाभित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायत विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसके...
१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द
अर्थ, कृषि, समाचार, समाज

१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द

नेपालअखबार, चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए । ‘सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ’, उनले भने । उनका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन् । प्रबन्धक पराजुलीका अनुसार पाउण्डर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ । बी...
कृषि क्रान्तिमा हाम्रो सोच
कृषि, विचार, साहित्य \कला

कृषि क्रान्तिमा हाम्रो सोच

 कृषि क्रान्तिमा हाम्रो सोच ।अब त केही गरौं प्रचुर सम्भावना छ कृषकको वर्गीकरण गर्दै आवश्कता अनुसार अनुदान लागतमा होइन उत्पादनमा दिउँ । नेपाल जस्तै भूपरिवेष्ठित देश स्वीजरल्याण्ड ६७% आयात र ५०% निर्यात गर्दै विश्वमा १० औं स्थान अर्थतन्त्रमा अब्बल रहेको छ । यो देशले आर्थिक रूपमा सम्पन्न हुनाको मुख्य कारण कृषि उत्पादन हुँदै औद्योिकीकरण साथमा अशल कुटनीतिक पहल गर्दै मूल्यवान उत्पादन निर्यात हुनुमा देखिन्छ । सारांश: ७४%सेवा र २५% उद्योगबाट उत्पादन हुने स्विजिल्याण्डमा शिक्षित जनशक्ति अशल कुटनीतिक सम्बन्ध कायम हुनु नै राष्ट्र विकाशको मेरुदण्ड भनेर बुझ्न सकिन्छ । जापानले आफ्नो नियन्त्रणमा राखेको द.कोरियालाई आर्थिक र सामाजिक रूपमा अब्बल बनाउन त्यति सहज थिएन । तर पनि सामाजिक र आर्थिक रुपान्तरणका लागि विभिन्न प्रकारका अलोकप्रिय तर आवश्यक उपायहरूलाई समेत आत्मसाथ गर्दै 1963 को राष्ट्रपति चु...
जुनकिरी घट्दा किसानलाई समस्या
कृषि, समाचार, समाज

जुनकिरी घट्दा किसानलाई समस्या

नेपालअखबार, काठमाडौँ । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् । शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठुलो नोक्सानी पुर्‍याउँदै आएको छ । विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्दछ । लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो । प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्यालाई कम गराउँदै छ । प्राकृतिक आवास नासिनु जुनकिरीको सङ्ख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । बढ्दो सहरीकरण, साँझ बिहानको धेरै प्रक...
शीतभण्डारमा ६३ टन सुन्तला कुहिएपछि वैज्ञानिक अनुसन्धान गरिँदै
कृषि, समाचार, समाज

शीतभण्डारमा ६३ टन सुन्तला कुहिएपछि वैज्ञानिक अनुसन्धान गरिँदै

नेपालअखबार, अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए । शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब ५६ लाख ७० हजार रुपैयाँ घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ । अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएको थ...
चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
कृषि, समाचार, समाज

चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

नेपालअखबार, इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौं’, अधिकारीले भने । सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए । ‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिंदैछौं । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौं’, नगरप्रमुख राईले भने, ‘यसले ह...
श्रमदान गरेर बाँझो बगर करेसाबारी
कृषि, समाचार, समाज

श्रमदान गरेर बाँझो बगर करेसाबारी

नेपालअखबार, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए । “कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ”, उनले भने, “करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।” शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्नका लागि सन्देश प्रवाह गराउन गत वैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय...
अष्ट्रेलिया जान छाडेर गाउँमै च्याउखेती, जोगाउँछन् वर्षमा १० लाख
कृषि, समाचार, समाज

अष्ट्रेलिया जान छाडेर गाउँमै च्याउखेती, जोगाउँछन् वर्षमा १० लाख

नेपालअखबार,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् । अठार महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन् । घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्ट्रेलिया जानका लागि आवेदन दिए । ‘स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो’, उनले भने, ‘त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा (भिसा) नै रद्द गरी च्याउ खेतीमा लागे ।’ रानाले वर्षमा २० लाखदेखि २७ लाख रुपैयाँसम्मको च्याउ बिक्री गर्दै आएको बताए । त्यसबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर वर्षमा १० लाख जति रकम बचत गर्दै आएको जानकारी दिए । च्याउ खेतीमा उनको ३० लाख रुपैयाँ लगानी भइसकेको छ । उनी दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका ...
झापाको एउटै पालिकामा २५०० बिघामा तोरी खेती
कृषि, समाचार, समाज

झापाको एउटै पालिकामा २५०० बिघामा तोरी खेती

नेपालअखबार, बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे । ‘अरु बालीमा जस्तो झन्झट छैन’, उनले भने, ‘मूल्य पनि राम्रो छ ।’ गत वर्ष प्रतिमन छ हजारमा तोरी बिक्री भएको उनले बताए । यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा त...