सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गरिने
नेपालअखबार, काठमाडौँ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ ।
सरकारले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सोही मूल्यमा किसानको १ लाख ९० हजार क्विन्टल धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर धान खरिद गर्ने तयारी गरिएको छ । यसअनुसार देशभर १३ वटा खरिद केन्द्र सञ्चालन गरी धान खरिद गरिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिने छ ।
साथै धान खरिदको भुक्तानी सोझै किसानको खातामा पठाउने जनाएको छ । यसअघि चेकमार्फत भुक्तानी हुने गरेको थ...










