Monday, December 22

खेलकुद

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास
खेलकुद, समाचार

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास

नेपालअखबार, पोखरा । पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् । जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् । यस्तै गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल...
सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग
खेलकुद, समाचार

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

नेपालअखबार,पोखरा । सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको टेनिस मार्फत जिवनस्तर माथी उठाउनसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने बताए । शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच लेकसाइडस्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० जना बालबालिका लाई न्यानो पोशाक अन्तर्ग...
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई
खेलकुद, समाचार, हाइलाइट-समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

नेपालअखबार, पोखरा। दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिन...
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
खेलकुद, समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

नेपालअखबार, पोखरा । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले बताए । फष्ट कम फष्ट सर्भिस आधारमा २५० जना खेलाडीहरुको नाम दर्ता पुग्नसाथ फर्म बन्द गरिनेछ । फर्म भर्न चाहनेले पोखरा क्लिक अनलाइनमा गई भर्नुपर्नेछ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी ...
पर्वतीय दौड एक साता पछि सर्यो, अब असोज ११ गते
खेलकुद, समाचार

पर्वतीय दौड एक साता पछि सर्यो, अब असोज ११ गते

नेपालअखबार,पोखरा ।  दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्मको ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ । हालसम्म ७५ जना धावकले दौडमा भाग लिन अनलाइन फर्म भरेका छन् ।...
खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ गते हुने
खेलकुद, समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ गते हुने

नेपालअखबार, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका  लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको  मञ्चमा  हाल ७४ जना पत्रकार आवद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो । २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेक...
जिएम समाज र ढुंगेदेउराली लामाचौर कप भलिबलको फाइनलमा
खेलकुद, समाचार

जिएम समाज र ढुंगेदेउराली लामाचौर कप भलिबलको फाइनलमा

नेपालअखबार, पोखरा । जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि.एम. समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जि.एम. समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटम...
आज बेलुकादेखि खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने
खेलकुद, समाचार, समाज

आज बेलुकादेखि खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने

नेपालअखबार,पोखरा । पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । गत संस्करणका तुलनामा पुरस्कार राशि द...
लण्डनमा खुला बक्सिङ ८० के.जी. तौल प्रतियोगितामा बाबुमल्ल ठकुरीले स्वर्ण पदक हात पारे
खेलकुद, समाचार

लण्डनमा खुला बक्सिङ ८० के.जी. तौल प्रतियोगितामा बाबुमल्ल ठकुरीले स्वर्ण पदक हात पारे

नेपालअखबार,काठमाडौं  । लण्डनमा खुला बक्सिङ  ८० के.जी. तौल प्रतियोगितामा बाबुमल्ल ठकुरीले स्वर्ण पदक हात पारेका छन् । द ह्वाईट कोलार फाईट क्लब लन्डनको आयोजनामा लण्डनमा सम्पन्न भउकाे थियाे ।  स्वर्ण पदक विजेता खेलाडी बाबुमल्ल ठकुरी  कर्णालीप्रदेश  सुर्खेत जिल्ला निवासी  हुन् ।    
अन्तर्राष्ट्रिय म्याराथन धावक गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन
खेलकुद, समाचार

अन्तर्राष्ट्रिय म्याराथन धावक गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

नेपालअखबार, पोखरा । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनुभएका गुरुङले प्रथम पुरस्कार स्वरूप ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने गरी सम्झौता समेत गर्नुभएको हो । सम्झौता पत्र शुक्रवार पोखरामा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बरालबिच आदानप्रदान गरिएको हो । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिनुभयो । सहारा क्लबका पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुद मार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगद...