Saturday, October 31

खेलकुद

पोखरामा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने
खेलकुद, समाचार, समाज

पोखरामा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने

नेपालअखबार, पोखरा । कास्कीमा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने भएको छ । ८० किलोमिटरको दौडमा ३ वटा इभेण्ट हुनेछ । ८० किलोमिटर, ५५ किलोमिटर र २५ किलोमिटरको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजक पोखरा ट्रेल रेस सिरिजले जनाएको छ । ५५ किलोमिटर दौडका विजेता महिला र पुरुष धावक थाइल्याण्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार यो नवौं संस्करण हो । पोखराको सेरोफेरो पहाडको टुप्पोबाट हेर्दै दौडिने गरि रुट तय गरिएको उनले सुनाए । दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावकले नाम दर्ता गरिसकेका गुरुङले जानकार दिए । माछापुच्छ्रेको ल्वाङ गाँउबाट सुरु हुने दौडमा धावकहरु लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडा पुगेर फर्किने छन् । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुँदै पोखरा...
खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए
खेलकुद, समाचार

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् । शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा रामघाट गुम्बाले म्याग्दी फुटबल क्लबलाई २–० ले पाखा लगायो । चौथो खेलमा भुजुङले नेभरमिटलाई २–० ले हरायो । पाँचौ खेलमा विवाईसी ३३ ले लोटसलाई ३–० ले हराउन सफल भयो । छैटौं खेलमा भ्रदकालीले जेम्स फुटबल क्लबमाथि ४–० को फराकिलो जित हासिल ग¥यो । सातौं खेलमा कमलपोखरीले रामघाट गुम्बा बी लाई टाइब्रेकरमा २–१...
पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात
खेलकुद, समाचार

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

नेपालअखबार, पोखरा।  पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १÷१ विकेट लिए । जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८÷८ रन जोडे । स...
नेपाली पब्जी टोली पनि सेमिफाइनलबाटै बाहिरियो
खेलकुद, समाचार

नेपाली पब्जी टोली पनि सेमिफाइनलबाटै बाहिरियो

नेपालअखबार, हान्झाउ । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ । शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन । सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकाले । कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् । नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइ...
तनहुँमाथि कास्की ३७ रनले विजयी
खेलकुद, समाचार

तनहुँमाथि कास्की ३७ रनले विजयी

नेपालअखबार,पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले ३÷३ विकेट लिए । जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको तनहुँका व्याट्स्म्यानहरुको फितलो प्रदर्शनमा उसले ६६ रन मात्रै जोड्न सक्यो । तनहुँको तर्फबाट सचिन अधिकारीले १० रन जोडे । कास्कीका बलरहरु नितेश गिरीले ५ तथा अमृत गुरुङ्ग र विश्वास पराजुलीले २÷२ विकेट लिए । प्रतियोतिगामा ५ विकेट लिएका कास्कीका नितेश गिरी म्यान अफ द म्याच भए । उनलाई आयोजक संघका कोषाध्यक्ष विरेन पुनले पुरस्कृत गरेका थिए । सो अवसरमा पुनले यस्ता प्...
ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने
खेलकुद, समाचार, समाज

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने

सन्देश श्रेष्ठ, पोखरा । पोखरामा असोज दोश्रो साता हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्म मात्र भर्न सकिनेगरी समयसीमा तोकिएको थियो । तर सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन.प्याव्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो । विद्यार्थीको हितलाई मध्यनजर गरेर फर्म भर्ने मिति सारिएको कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । उनले भने,‘सहभागि हुन चाहनेका लागि फर्म भर्न शुरु भइसकेको छ । आजदेखि असोज ३ गते अपराह्न ५ बजेसम्म जुनसुकै बेला आएर भर्न सक्नुहुनेछ ।’ फर्म भर्न दुई हजार शुल्क लाग्ने संघका अध्यक्ष गुरुङले जा...
पोखरामा यू–२३ एमेच्युर फुटसल कप हुने
खेलकुद, समाचार

पोखरामा यू–२३ एमेच्युर फुटसल कप हुने

नेपालअखबार, पोखरा । पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्ट गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने छ । श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका ला...
खेल क्षेत्र उपेक्षामा, उपयुक्त खेल मैदान अभाव
खेलकुद, समाचार, समाज

खेल क्षेत्र उपेक्षामा, उपयुक्त खेल मैदान अभाव

नेपालअखबार, ढोरपाटन । बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने राम्रो छैन । बागलुङका कुनाकाप्चामा खेलेका धेरै खेलाडी अहिले राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै आएका छन् । भलिबलका लागि अझ बढी चर्चित बागलुङ जिल्ला । बालबालिकादेखि  वृद्धवृद्धासम्मले भलिबल खेललाई निकै चासोका साथ हेर्ने गर्दछन् । हिउँदको समयमा खेतबारीकै कुनामा बार लगाएर खेल्ने गरे पनि बर्खायाम भने खेल खेल्नबाट वञ्चित हुँदै आएका छन् । तेक्वान्दो, कराते, फुटबललगायतका खेलकुद जिल्लामा खेलिने गर्छ । असारदेखि बागलुङ ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएका छन् ।  कारण हो खेल मैदान अभाव । दैनिक खेल्ने खेलाडी यो समय घर तथा बारीको काम धन्दामा व्यस्त हुन्छन् । सधैँ खेलेर क्षमता अभिवृद्धि गर्नुपर्ने खेलाडी खेल्ने स्थानको अभावका कारण पडाडि पर्नुपरेको छ । बर...
रोनाल्डोको करियरको ८५० औँ गोल, लिगमा सर्वाधिक गोल र एसिस्टको सूचीको शीर्ष स्थानमा
खेलकुद, समाचार

रोनाल्डोको करियरको ८५० औँ गोल, लिगमा सर्वाधिक गोल र एसिस्टको सूचीको शीर्ष स्थानमा

नेपालअखबार, रियाद । क्रिस्टियानो रोनाल्डोले करियरको ८५० औँ गोल पूरा गर्दा अल–नासरले अल–हाजमलाई ५–१ गोलले हराएको छ । साउदी प्रो लिगमा टोलीको यो लगातार तेस्रो जीत हो । रोनाल्डोले खेलमा दुईवटा गोलको अवसर पनि सिर्जना गरेका थिए । ३८ वर्षीय खेलाडीले अब्दुलरहमान घारिबलाई खेलको ३३ औँ मिनेटमा गोलको अवसर सिर्जना गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अब्दुल्लाह अल–खाइबरीले अल–नासरको अग्रता दोब्बर बनाए । गाम्बियाका मुहम्मद बाडामोसीले दोस्रो हाफको सुरुवातमा नै अल–हाजमका लागि गोल फर्काए पनि रोनाल्डोको पासमा ओटाभियोले गोल गर्दै टोलीको अग्रता पुनः फराकिलो बनाए । ६८ औँ मिनेटमा १३ यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै रोनाल्डोले टोलीका लागि चौथो गोल गरे । त्यसपछि ७८ औँ मिनेटमा साडियो मानेले पाँचौँ गोल थपे । लिगमा पहिलो दुई खेलमा पराजित भए यता अल–नासरले पछिल्ला ...
ला लिगामा बार्सिलोनाको पहिलो जित
खेलकुद, समाचार

ला लिगामा बार्सिलोनाको पहिलो जित

नेपालअखबार, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २-० ले पराजित गरेको हो । पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो । पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । नयाँ सिजन रियल मड्रिड र भ्यालेन्सियाले मात्रै खेलेको दुवै खेल जितेका छन् । रियल  र भ्यालेन्सिया क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । ला लिगाकै अन्य खेलमा जिरोनाले गेटाफेलाई ३-० ले पराजित गर्दा एट्लेटिको मड्रि...