मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य
नेपालअखबार, पोखरा । पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् ।
मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए ।
“हामीले पहिलो पटक अभियानको रुपमा मुवाथाई खेललाई स्थापित गर्न अघि बढेका छौं” क्षेत्रीले भने–“यसले गण्डकी प्रदेशमा मात्रै नभई राष्ट्रिय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने छ । साथै यसले नेपालीमा यूवा खेलाडी उत्पादन र उनीहरुको क्षमता निर्खान समेत भूमिका ...










