परिचयले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने
नेपालअखबार, पोखरा । परिचय एड्भर्टाइजिङ प्रालिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सघाउने भएको छ । पोखरा न्युरोडमा रहेको परिचयले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मंगलबार परिचय एड्भर्टाइजिङ प्रालिकी पब्लिक रिलेसन अफिसर जेनिता थापा र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो । ‘विज्ञापन लगानी हो खर्च होइन’ भन्ने सोलोगनका साथ विज्ञापनको क्षेत्रमा बेग्लै छाप छोड्न सफल परिचय प्रिन्टिङ, डिजाइनिङ र इभेन्ट मेनेजमेन्टको क्षेत्रमा स्थापित बनिसकेको छ ।
यसका अलावा होटल बाराही पोखरा, पोखरा महानगरपालिका वडा नं. ३, ४, ९ र १५ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाकार सुनिल गुरुङले समेत अवार्ड कार्यक्रममा सहयोग प्रदान गर्ने मंगलबार...










