विश्व टेबलटेनिस डेको अवसरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न
नेपालअखबार, पोखरा । विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनिकरणको लागि काम गर्ने गैरसरकारी संस्थाविच टेवलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि, नौलो घुम्ती नेपालका पुर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठुलो हुने वताएका थिए ।
जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलिप गुरुङले टेवलटेनिस खेलले व्यक्तिको मानसिक तथा शारिरीक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने वताए ।
प्रतियोगितामा मेन्स सिङगल तर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोश्रो, हेल्पिङ हेन्सका संजित केसी र सुमन क्षेत्री तृतिय भएका थिए ।
त्यस्तै वुमन्स सिङगल तर्फ प्रथम, दोश्रो र तृतिय सबै नौलो घुम्ती नेपालक...










