Friday, October 30

खेलकुद

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा भलिबल खेलाडी छनोट सम्पन्न
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा भलिबल खेलाडी छनोट सम्पन्न

नेपालअखबार, पोखरा  । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् । पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् । त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रम...
कास्कीबाट नवौंका लागि प्याराग्लाइडिङ खेलाडी छनोट सम्पन्न
खेलकुद, समाचार

कास्कीबाट नवौंका लागि प्याराग्लाइडिङ खेलाडी छनोट सम्पन्न

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् । छनोट हुन सफल मेन्स क्रस कन्ट्रितर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुसिल गुरुङ र शेर बहादुर गुरुङ रहेका छन् । सो इभेन्टमा आशिष थापा बैकल्पिक खेलाडीका रुपमा रहेका छन् । त्यसैगरी मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्ट...
नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न हुने भएका हुन् । नवौका लागि अमृत गुरुङको कप्तानीमा दुई वैकल्पिक सहित १४ खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन । त्यसै गरी बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ रहेका छन् । त्यसै गरी महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । छनोट हुन सफल खेलाडीहरुमा सिता रेग्मी क्षेत्री (उपकप्तान...
पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने
खेलकुद, समाचार

पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने

नेपालअखबार, पोखरा । पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो ।  नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले नवौं  राष्ट्रिय खेलकुद लगायत प्रदेश र जिल्ला छनोट लाई   मध्यनजर गर्दै  खेलाडीहरुको लागि स्वास्थ्य केन्द्र नियमित गर्ने निर्णय गरेको हो । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकमा सदस्य सचिव गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीहरुको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यहरुलाई आग्रह गरे । खेलाडीहरुको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मा...
पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार खेलाडीले गरे दर्ता, दर्ताको क्रम जारी
खेलकुद, समाचार

पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार खेलाडीले गरे दर्ता, दर्ताको क्रम जारी

नेपालअखबार, पोखरा  । पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ तर्फ गरी १ हजार भन्दा वढि खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ । काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताएका हुन् । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी ¥याकिङ र पुम्से प्रतियोगिताका लागि विभिन्न एक दर्जन वढि राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए । पोखरा...
चुनावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असर पर्दैन : मन्त्री अथक
खेलकुद, समाचार, हाइलाइट-समाचार

चुनावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असर पर्दैन : मन्त्री अथक

नेपालअखबार, पोखरा। युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज "अथक"ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिएका छन्। उनले निर्वाचन भन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताए। प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री गहतराजले सो कुरा बताएका हुन्। खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्नेमा जोड दिए। मन्त्री गहतराजलले प्रतियोगिताका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङलगायतका खेल पूर्वाधार...
प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी
खेलकुद, प्रदेश ४, समाचार

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । तर, नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षकबिनै प्रशिक्षणमा भाग लिनेछन् । ३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले नेपालमै प्रशिक्षक उत्पादमा ध्यान नदिइएकाले त्यसको असर गण्डकीले पनि व्यहोर्नु परेको सुनाएका हुन्...
नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने
खेलकुद, समाचार

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

नेपालअखबार  । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपको छ । खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि पोखरामा हुन लागेको प्रतियोगिताले प्रदेशवासी उत्साहि...
प्रदेश खेलकुद गण्डकी द्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक
खेलकुद, समाचार

प्रदेश खेलकुद गण्डकी द्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक

नेपालअखबार, पोखरा। आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् । ‘हामीले पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने छौं भने २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौं’, उनले भने । परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनोट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन हुनेछन् । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स...
पोखरा प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने
खेलकुद, समाचार, समाज

पोखरा प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने

कपिल पौडेल, पोखरा ।राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने भएको छ । पोखरालाई खेलकुद पर्यटनको राजधानिको रुपमा विकसित गराउने उदेश्यका साथ सन्चालन हुने प्रतियोगिता भाद« १२ देखि १९ गतेसम्म पोखरा ८ न्युरोड मा रहेको डेभिज् स्नुकर क्लबमा सन्चालन हुने छ ।प्रतियोगितामा प्रथम हुनेले नगद र१,५१,१११ ,दितिय हुनेले रु ७१,१११, सेमिफाइनलिस्ट दुइ जनाले रु १५,१११ र हाइजेस्ट ब्रेकरले रु २१,१११ र शिल्ड, मेडल र प्रमाणपत्र पा्रप्त गर्नेछन् ।प्रतियोगिताले पोखरामा आधुनिक विलियार्ड, स्नुकर खेल स्थल व्यवस्थित गर्ने, नयां प्रतिभाशालि खेलाडिहरु उत्पादन गर्ने, भु.पु. राष्ट्रिय खेलाडिहरुको सहभागितामा खेलको विकास गर्ने लगायतको उदेश्य राखेको छ ।...