पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने
नेपालअखबार, पोखरा । पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ ।
नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले नवौं राष्ट्रिय खेलकुद लगायत प्रदेश र जिल्ला छनोट लाई मध्यनजर गर्दै खेलाडीहरुको लागि स्वास्थ्य केन्द्र नियमित गर्ने निर्णय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकमा सदस्य सचिव गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीहरुको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यहरुलाई आग्रह गरे । खेलाडीहरुको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मा...










