सिक्लेसमा ठेलो हान्ने मेला
नेपालअखबार,कास्की । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरू हुने भएको छ।
कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो।
सिक्लेसमा माघे संक्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्षअघिदेखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ।
क्लबका अध्यक्ष भोलामान गुरूङले उनले ‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए।
उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरूष तथा महिला भलिबल, पुरूष बास्केटबल, गुरूङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलो लगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ।
मेलाका अवसरमा हुने खु...










