माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी
नेपालअखबार ,पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे । सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन पुगे । त्यस्तै कोरियाका जुजुमान किमले प्रकास बस्नेतलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । सोही उमेर समुहका अन्य खेलहरुमा सुनिल श्रेष्ठले डा.देव थापालाई ६–४, ६–३ ले, लाक्पा तेम्बा शेर्पाले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले पराजित गरेका छन् ।
मेन्स डबल्सतर्फ नेहाल जंगबहादुर थापा र आरब हाडाको जोडीले पोखराका शास्वत बज्राचार्य र दर्शिल श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले, प्रदीप खड्का र उगेन शेर्पाको जोडीले विवेक मगर र स...










