महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी
नेपालअखबार,पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो ।
महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमापनि २५–१४ कै जित निकाल्यो । तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पु¥याँदै २४–२४ को बराबरीमा पुु¥याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफ...










