आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव विभिन्न कार्यक्रम गरी धुमधामले मनाइदै छ ।एकता दिवशको अबसरमा गोरखा नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ ।
‘बर्तमान नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै औपचारिक रुपमा दिवश मनाउने हाम्रो प्रयास हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘राष्ट्रले उहाँलाई सम्झनु पर्ने हो । तर त्यस्तो हुन सकेन्, स्थानीय सरकारको हैसियतमा हामी दिवश मनाउदैछौं ।’
झाँकी सहितको ¥याली र कोणसभासो अबसरमा आज आइतबार १४ वटै वडाका सांस्कृतिक झाकी सहितको ¥याली प्रर्दशन गर्ने तयारी गरिएको छ ।
खेलकुद मैदान हरमटारीबाट सुरु हुने ¥याली गोरखा संग्राहलय परिसरमा पुगेर कोण सभामा परिणत हुनेछन् ।
‘सकेसम्म सबै जातजाती धर्म र सम्प्रदायको पहिचान झल्काउने प्रयास गरेका छौं’ ¥याली संयोजक भगवानबाबु मास्केले भने ‘यो कार्यक्रमले गोरखा सदरमुकाम आसपासमा रहेका क...