पुस १३ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने
नेपालअखबार,काठमाडौं । चितवनको सौराहामा १९औं हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १३ गतेसम्म हुने महोत्सवमा हात्तीको शोभायात्रासहित विभिन्न प्रतियोगिता हुनेछन् । हात्ती महोत्सवले पर्यटकीय क्षेत्र चितवनको पर्यटकीय गतिविधिमा सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी गराइने हात्तीलाई जिम्मेवार व्यवहारका लागि आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज र पशु चिकित्सकहरुको सहकार्यमा कडा मापदण्ड लागु गरिने जनाइएको छ । महोत्सवमा धारिलो र हानिकारक उपकरणको प्रयोग पूर्णरुपमा निषेध गरिने आयोजकले बताएको छ ।
प्रतियोगिता अघि र पछि सबै हात्तीको स्वास्थ्य परीक्षणले पशु चिकित्सकहरुले गर्नेछन् । करिब ८० वटा हात्तीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइनेछ । जसमा हात्तीको शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको श्रृंगार प्रतियो...








