Sunday, September 21

प्रदेश २

मधेसका जनताका लागि पार्टी भित्र पनि बिद्रोह गर्न पछाडी नहटने : गृहमन्त्री समिम 
प्रदेश २, राजनीति, समाचार

मधेसका जनताका लागि पार्टी भित्र पनि बिद्रोह गर्न पछाडी नहटने : गृहमन्त्री समिम 

नेपालअखबार, जनकपुर । गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले मधेसका जनताका लागि पार्टी भित्र पनि बिद्रोह गर्न पछाडी नहटने बताएकाछन् । संघियताकाे लागि मधेसका सबै नेता कार्यकता मात्रै हाेइन सर्वसाधारण जनताले पनि आन्दाेलन गरेकाे स्मरण गृहमन्त्री समिमले गरेका छन् । सहिद भएका परिवारलाई साथै घाइतेहरूका लागि मधेस सरकारले सम्पूर्ण जिम्मेवारी लिनु पर्छ । सहिद परिवारका सदस्यलाई राेजगार तथा  निशुल्क रूपमा शिक्षाकाे व्यवस्था गर्नुपर्ने  गृहमन्त्री समिमले बताए । त्यसै संघियता आएकाे हाेइन हजारै जनताकाे त्याग र बलिदान र सम्पूर्ण मधेशी जनताकाे आन्दाेलनले ल्याएकाे हुँदा मेराे पहिलाे प्रथमिकता नै मधेसका जनताकाे विकास गर्नु रहेकाे गृहमन्त्री समिमले बताएका छन् । मधेस प्रदेशकाे स्वाभिमान दिवसमाकाे उपलक्ष्यमा सम्पूर्ण मधेसका जनतालाई  बधाइ दिएका थिए । उत्त सभामा मुख्यमन्त्री सरोजकुमार यादवले जसपा अध्य...
पर्सामा नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी
प्रदेश २, समाचार, हाइलाइट-समाचार

पर्सामा नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी

नेपाल अखबार, पर्सा । बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाकमा ठगी गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्रेको छ । रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो । बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । रायले बर्दी कहाँबाट ल्याए अनुसन्धान भइरहेको एसपी पन्त बताउँछिन् । काठमाडौँबाट किनेर ल्याएको रायले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपि कुन टेलरमा सिलाउन दिएको खुलाएका छैनन् । कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर...
लगातारको वर्षाले तरकारी खेती सखाप
कृषि, प्रदेश २, समाचार

लगातारको वर्षाले तरकारी खेती सखाप

नेपाल अखबार, ,महोत्तरी।  लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो । बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोतर (माटोमा लडाएको) बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडिया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौँला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहित लहरे तरकारीका बेला (लहरा) पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । भदौ निगल्दोको वर्षा र अहिले लगातार चार  दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हातधुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्लबारदेखि लगातार चोटिलो पानी पर्दै आएको छ । “तरकारीका बेला पानीले गलाएर पहे...
आज जनकपुरमा  रेल हस्तान्तरण हुदै
प्रदेश २, प्रविधि, समाचार, हाइलाइट-समाचार

आज जनकपुरमा रेल हस्तान्तरण हुदै

नेपाल अखबार, जनकपुर । लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ। भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो। रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ। तस्बिरमा हेरौं आज जनकपुर आउँदै गरेका दुई रेलः  ...
अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी
प्रदेश २

अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी

नेपाल अखबार, काठमाडौं । उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् । छिमेकीको कुटाइबाट घाइते उनीहरुले उपचार खर्च तिर्न  नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका थिए । उपचार खर्चवापतको १ लाख २५ हजार  ८ सय रुपैयाँ तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका- ६ का उनीहरुलाई अस्पतालले घर जान दिएको थिएन । प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र उनीहरुलाई घरसम्मको एम्बुलेन्स खर्चको पनि व्यवस्थापन गरिएको जानकारी दिए । ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत बिहीबार नै गरेको थियो । प्रक्रियामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु’ उनले भनेका छन् । सदा दम्पत्तिमाथि कुटपिट गर्ने दीना साह भने तारेखमा छुटिसकेका छन् ।साेत अनलाइनखबर...
बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ
प्रदेश २, प्रशासन, समाचार

बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

इरफान अलि, बारा । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् । कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले  जानकारी दिए । लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’ कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ ।...
नारायणी अस्पतालको चरम लापरवाहीका कारण एक युवकको मृत्यु
प्रदेश २, समाचार

नारायणी अस्पतालको चरम लापरवाहीका कारण एक युवकको मृत्यु

इरफान अली,वीरगञ्ज  । नारायणी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण एक युवकको मृत्यु भएको छ । उपचारका लागि नारायणी अस्पताल पुगेका बाराका विक्रम चौधरीको चिकित्सकहरुको गम्भीर लापरवाहीकै कारण मृत्यु भएको उनका परिवार स्रोतले बताएको छ । विक्रम चौधरीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उपचारका लागि यही भदौ २१ गते (आइतबार) करिब ११ बजे नारायणी अस्पतालको अकास्मिक उपचार कक्षमा लगिएको थियो ।   उनको थप उपचारका लागि अस्पतालले आईसीयूमा ४ बजे बेलुका भर्ना गरिएपनि ७ बजेसम्म कुनै किसिमको उपचार नभएको मृतकका दाई अनिल कुमार चौधरीले बताए । यस विषयमा चिकित्सकहरुको चरम लापरवाही भएको पुष्टि हुन बाँकी नै रहेको बताइएको छ । ‘उपचारका लागि आइतबार ११ बजे नारायणी अस्पताल पुगेका थियौँ । अस्पतालले आईसीयूमा भर्ना गरेपनि कुनै किसिमको हेरचाह तथा समान्य उपचार समेत गरिएन’, मृतकका दाई अनिल कुमार चौधरीले भने ।...
पर्सा र बारामा ४५ जनामा कोरोना
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सा र बारामा ४५ जनामा कोरोना

इफान अलि, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् । बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् । संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ । वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ ज...
महोत्तरीमा हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै
प्रदेश २, समाचार, स्वास्थ्य

महोत्तरीमा हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै

नेपाल अखबार, जलेश्वर । कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ सङ्क्रमण र यसबाट मर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । भदौ लागेयताका पछिल्ला १७ दिनभित्रै कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । साउन मसान्तमा ४५ रहेको यो सङ्ख्या हिजो बुधबारसम्ममा ९५ पुगेको हो । बयालीस जनाको साउनमा, एकजनाको असारमा र दुईजनाको जेठमा मृत्यु भएको थियो । मृतकमध्ये पर्साका सर्वाधिक ३६ जना परेका छन् । यसैगरी बाराका १५, धनुषाका १२, महोत्तरीका १०,  सिरहाका आठ,  सप्तरीका छ, रौतटहका पाँच र सर्लाहीका तीनजनाको कोभिड–१९ महाव्याधिले ज्यान गएको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । हालसम्म सङ्क...
अनुदानको मलमा कालोबजारी, चर्को मूल्यमा खरिद गर्न बाध्य
कृषि, प्रदेश २, समाचार

अनुदानको मलमा कालोबजारी, चर्को मूल्यमा खरिद गर्न बाध्य

नेपाल अखबार, वीरगन्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य  छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् । प्रतिबोरा सात सयमा बिक्री गर्नुपर्ने मल स्थानीय व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गरेका छन् ।  सात सय रुपैयाँ प्रतिबोरा पाउने युरिया मल किसानले एक हजारदेखि १५ सयसम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ । एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्कातिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्का किसान विजय पण्डितको गुनासो छ । पर्साका ग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै...