Thursday, May 21

प्रदेश

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ। शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले शनिबार जनाएका छ्न्। संक्रमित हुनेमा पोखरा महानगरका ८९ वर्षीय वृद्ध र २५ वर्षीय युवासहित तनहुँका ४ जना,बागलुङका ३, जना, म्याग्दीका २ र स्याङ्जाका ३ जना पुरुष रहेका छ्न्। सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ। शुक्रबार क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमूनाहरु परिक्षण गरिँदा १४ जनामा संक्रमण भेटिएको हो।...
मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबिरल वर्षासँगै गएको बाढी पहिरोकोे कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन । मुख्यमन्त्री गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशका कास्की, तनहुँ, लमजुङ र म्याग्दी जिल्लालगायत विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण ज्यान गुमानेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन । पहिरोको कारण घाइते, बेपत्ता एवम् घरवारविहीनको तत्काल उद्धार, उपचार र राहतमा जुट्नु हुने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीयवासिन्दाप्रति धन्यवाद प्रकट गर्दै उहाँले प्रेस वक्तव्यमार्पmत प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन  । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र यसका कारण नदीहरुमा पानीको बहाव बढ्न गई ...
उद्धार र राहतका लागि सरकार संबेदनशिल छ, आन्तरीक मामिला मन्त्री चुमान
प्रदेश ४, समाचार

उद्धार र राहतका लागि सरकार संबेदनशिल छ, आन्तरीक मामिला मन्त्री चुमान

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले एक बिज्ञप्ती प्रकट गरि सचेत र सजग रहन सबै प्रदेश बासीलाई आग्रह गर्नुभएको छ ।मन्त्री चुमानले प्रदेशभित्रका बिभिन्न जिल्लामा पहिरो र बाढीबाट ज्यान गुमाएकाहरु प्रति पनि श्रद्धान्जली तथा परिवारमा समबेदना प्रकट गर्नुभएको हो । विपद ब्यबस्थापनका लागि सरकारले आबस्यक गृहकार्य गरिरहेको र जोखिम न्युनिकरणका प्रयास भैरहेको भएपनि अचानक हुने यस्ता घटनाले थप सजगता अपनाउन आबस्यक रहेको जारी बिज्ञप्तीमा उल्लेख छ । पछिल्लो जानकारी अनुसार गण्डकी प्रदेशका लमजुङ्ग,कास्की म्याग्दी जिल्ला लगायत गरि ११ जनाको ज्यान गएको १६ जनाको सकुशल उद्धार गरिएको छ भने १० घर पुर्ण क्षेति भएको र ३ घर आंशिक क्षेति भएको बताइएको छ । कतियपय मानिसहरु अहिलेपनि बाढी र पहिरोमा हराईर...
कर्णाली अस्पतालका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना
प्रदेश ६, समाचार

कर्णाली अस्पतालका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा थप दुई जना चिकित्सक र दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुई जना मेडिकल अफिसर, एक जना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण देखिएको हो । कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले बताए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते २ जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए ।...
गण्डकीमा १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

गण्डकीमा १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् । पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थपिएका दशै जना संक्रमित पुरुष हुन् । यसैगरि, माँदी गाउँपालिकामा १ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३ सय ४३ पुगेको छ ।...
सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण
प्रदेश ७, समाचार

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण

नेपाल अखबार, कैलाली । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा  अछामका ९ पुरुष र ७  महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९  पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला  रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह का...
गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै प्रस्ताव दर्ता
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै प्रस्ताव दर्ता

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेश सरकारले गम्भीर ढंगले लिन सकेन । मुख्य ४ वटा विषय राखेर संकल्प प्रस्ताव पेश गरेका छौं,’ सांसद खड्काले भने । गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षक...
सडकको विषयमा पर्साको पोखरियामा झडप, ३ जना घाइते
प्रदेश २, समाचार

सडकको विषयमा पर्साको पोखरियामा झडप, ३ जना घाइते

नेपाल अखबार, वीरगञ्ज । सडकको विषयमा भएको विवादपछि झडप हुँदा पर्साको पोखरियामा ३ जना घाइते भएका छन् । पोखरिया नगरपालिका-७ रानीगञ्जमा मंगलबार बिहान भएको झडपमा उपभोक्ता समितिका अध्यक्ष रामायण राम, भन्टु राम र स्थानीय सञ्जुकुमारी राम  घाइते भएका हुन् । सडक कतै ८ फिट र कतै १० फिट फराकिलो बनाइएको भन्दै स्थानीय सन्दीप राम र लालदेव रामले  विरोध गर्दै आएका थिए । मंगलबार विहान सञ्जुकुमारी रामको परिवारले घर अगाडिको माटो हटाउन लाग्दा उपभोक्ता समितिका अध्यक्षले रोकेपछि दुई पक्षबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । सञ्जु कुमारीको नाक, मुख, ओठ र टाउकोमा चोट लागेको छ । उनीसंगै अध्यक्ष रामायण र भन्टुको पोखरिया अस्पतालमा उपचार भइरहेको छ । बाटो निर्माणको विषयमा उपभोक्ता समिति र स्थानीय वासिन्दाबीच सामान्य झडप भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । घटनामा संलग्...
सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि,  ९०४ जना घर फर्किए
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि, ९०४ जना घर फर्किए

नेपाल अखबार, कैलाली ।  सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ९०४ पुगेको छ । सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो । बझाङ्गबाट १०, अछाम बाट १५,बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले  बताए । उनले सोमबार मात्र सेती प्रादेशिक धनगढी प्रयोगशालाबाट कैलालीका ३ जना पुरुष र १ जनामहिलामा मात्र कोरोना पुष्टि भएको  बताए । काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३१ रहेको बताए । संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको छ । हालसम्म २२ हजार ९६८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १९ हजार ४२६ मा नेगेटिभ आएक...
गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो। लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. ...