Thursday, May 21

प्रदेश

कर्णालीमा विद्यालय सञ्चालन गर्ने तयारी
प्रदेश ६, शिक्षा, समाचार

कर्णालीमा विद्यालय सञ्चालन गर्ने तयारी

नेपाल अखबार, सुर्खेत । कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुईपटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो । मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले तिनले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो । प्रदेशमा १० जिल्ला छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सञ्चालन गरेको भर्चुअल प्रविधिको आइतबारको छलफलको एघारौ...
पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  आइतबार बिहान पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका ६ जना र लमजुङका ६ जना गरी थप १२  जनामा संक्रमण पुष्टि भएको जनाएको छ । महानगरमा कोरोना पुष्टि हुनेमा ४ जिल्लाका २४  देखि ६७  वर्ष उमेर समुहका ६  पुरुषहरु रहेको निर्देशनालयले जानकारी दिएको छ । त्यसैगरी लमजुङका ५ पालिकाका २९ देखि ६५ वर्ष उमेर समुहका ६  पुरुषहरुमा समेत कोरोना पोजेटिभ देखिएको  निर्देशनालयले जनाएको छ । संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३  सय २  पुगेको छ । आइतबार बिहान गण्डकीमा २४ जना  कोरोना संक्रमित थपिएका हुन् ।...
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ८८१

नेपाल अखबार, कैलाली  । सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ८८१ रहेको छ । महिला ९०२ र पुरुष २ हजार ९७९ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । हालसम्म अछाम ६३७, बैतडी३००, बझाङ्ग १६४, बाजुरा ४४६, डडेल्धुरा २८६, दार्चुला २०, डोटी ५३६, कैलाली १०३१, कंचनपुर ४६१ जना संक्रमित फेला परेको मिडिया ब्रिफिङ्गमा जनाएको हो । हालसम्म १ हजार ६६८ निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षणबाट ८, डडेल्धुरा अस्पातालको प्रयोगशाला ३ बाट जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले  जानकारी दिए । प्रदेशमा हालसम्म २८ हजार २७७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २४ हजार ३९६ मा नेगेटिभ आएको उनले बताए । १ हजार ५१० को रिपोर्ट आउन बाँकी रहेको छ ।...
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो

नेपाल अखबार, सुर्खेत। कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ । त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर ख...
थपिए गण्डकीमा थप २५ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए गण्डकीमा थप २५ संक्रमित

नेपाल अखबार, पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् । यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २ बुलिङटारमा ८ पुरुष र एक महिलागरि ११ संक्रमित थपिएका छन् । गोरखा र कास्कीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।...
पर्सामा बाढीले धानबालीमा क्षति
प्रदेश २, समाचार

पर्सामा बाढीले धानबालीमा क्षति

नेपाल अखबार, वीरगञ्ज । अविरल वर्षाका कारण पर्साको ओरिया खोलामा बाढी आउँदा धान र तरकारी बालीमा क्षति पुर्‍याउनुको साथै जमिन कटान गरेको छ । पिडारीगुठी क्षेत्रमा ३ बिघा भन्दा बढी धान र तरकारी बालीमा क्षति पुगेको हो भने ६ कठ्ठा जमिन कटान गरेको स्थानीयले बताएका छन् । स्थानीय अनुप रायको १ बिघा १ कठ्ठा, भिखारी महतोको १ बिघा, प्रजापतिदेवीको ८ कठ्ठा, रामेश्वर महतो र सुरजदेवको ५/५ कठ्ठा र रामायण महतोको १ कठ्ठामा लगाएको धानबालीमा बाढी पसेर क्षति पुगेको छ । त्यसैगरी हिरामन महतोको ३ कठ्ठामा लगाएको घिरौंला, भिण्डीबाली र शिव महतोको ६ कठ्ठाको भिण्डीबाली नष्ट भएको छ । घर भत्किँदा तीनजना घाइते त्यसैगरी सोमबार बिहान परेको पानीका कारण बहुदरमाई नगरपालिका–२ सिर्सिया टोल बस्ने राम प्रवेश रामको कच्ची घर भत्किँदा ३ जना सामान्य घाइते भएका छन् । घरधनी ६० वर्षीय राम प्रवेश, ४० वर्षीया सुदामा देवी र ५ वर्षीया ...
प्रदेश प्रहरी र  वन विधेयक पारित
प्रदेश १, समाचार

प्रदेश प्रहरी र वन विधेयक पारित

नेपाल अखबार, मोरङ । ‘प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ ’ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४ (१) (क) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए । मन्त्री कार्कीले गल्ती गर्ने प्रहरीलाई सम्बन्धित जिल्लामै जिल्ला न्यायाधिवक्ताको नेतृत्वमा बन्ने विशेष आदालतले छिनोफानो गर्ने व्यवस्था विधेयकले गरेको जानकारी दिए ।  अहिलेको परिस्थितिमा प्रहरीको तलब दोब्बर गर्न नसकिने बताउँदै उहाँले जोखिम र चुनौतीका क्षेत्रमा काम गर्ने प्रहरीलाई आन्तरिक मूल्याङ्कनमा नम्बर बढ्ने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराउनुभएका प्रदेशसभा सदस्य उमिता विक, बुद्धिकुमार राजभण्डारी, लछुमण तिवारी, विमल कार्की र शिवनारायण गनगाइँले संशोधनका बुँदा ...
बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा
प्रदेश २, समाचार

बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा

नेपाल अखबार, जनकपुर । कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा समेत परिरहेको छ । धनुषा र सिरहाको सिमावर्ती क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले धनुषाका सबैला, कमला र शहिदनगर नगरपालिका लगायतका क्षेत्रमा ४ सयभन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् । निरन्तररुपमा परेको भारी वर्षातका कारण आएको बाढीमा परि कमला नदीले तटबन्ध कटान गर्न सुरु गरेको छ । कमला नदीको बाढीले ठूलो जनधनको क्षति गर्न थालेपछि नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले स्थलगत अवलोकन गरेका छन् । कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर ४ र १३, कमला नगरपालिकाकाको वडा नम्बर ५, ६, ७, र ८ र शहीदनगर नगरपालिकाको वडा नम्बर १ को बस्ती र सर्वसाधारणको घर समेत भत्किएको अवस...
साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण
Uncategorized, दुर्घटना, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका साम्सद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र कास्की २(१) भित्र बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । दुई दिनको अविरल बर्षाको कारण आएको बाढी पहिरोले विभिन्न ठाँउमा क्षती पुर्याएको छ । पोखरा १७ स्थित डुबानमा रहेको छोरेपाटन, नमुना टोल स्थित स्थानियको घरमा पसेको पानी , पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल नजिक गएको पहिरोले स्थानीयलाई परेको असरको बारेमा बुझ्न थापा प्रभावित क्षेत्रमा पुगेका थिए । थापाले स्थानीय बासीलाई परेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न सरोकारवाला अनुरोध गरेका छन् ।...
थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।...