छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन
नेपालअखबार, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् ।
मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए ।
उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए ।
मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र ...










