इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि
नेपाल अखबार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५ सय ३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ ।
कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसूरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए ।
तर, सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई पनि छाडेर विदामा बसेका थिए ।
त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा भए पनि नेपालले उल्टै आउट विदामा छाडेको भेटिँदा नेपालको ...
