सैनिक कल्याणकारी बाेर्डमा सीईओको जागिर खुल्यो
नेपाल अखबार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।
कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो ।
जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सेनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ ।
इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ ।
स...
