Friday, October 2

प्रशासन

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको हो। लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो। यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमत...
जिल्ला प्रशासन कार्यालयमै थन्किए ४० हजार राष्ट्रिय परिचयपत्र
प्रशासन, समाचार, समाज

जिल्ला प्रशासन कार्यालयमै थन्किए ४० हजार राष्ट्रिय परिचयपत्र

नेपालअखबार, तनहुँ। लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन्। राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् । चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष दुई हजार १७, महिला एक हजार ३३६, नाबालक ४९ गरी तीन हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला ७८५, पुरुष ७५१ गरी...
३ हजार ५५० जना पुरुष तथा ८३४ जना महिला सैनिक दीक्षित
प्रशासन, समाचार

३ हजार ५५० जना पुरुष तथा ८३४ जना महिला सैनिक दीक्षित

नेपालअखबार,काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न ३६ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी ३,५५० जना पुरुष तथा ८३४ जना महिला गरी कुल ४,३८४ जना सैनिकहरू दीक्षित भएका छन् । तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह, श्री नं.२ सैन्य तालिम केन्द्र, सैनामैना लगायत विभिन्न पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले  कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । ...
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
प्रशासन, समाचार

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

नेपालअखबार,काठमाडौँ । तिहारको बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाई गर्न सर्वोच्च अदालत खुला हुने भएको छ। तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।’...
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
प्रशासन, समाचार, समाज

पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

नेपालअखबार,काठमाडौँ । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंंगलबार नेपाल ल्याइएको बताए। अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए। इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि विसं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो। ‘हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, ‘कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो।’ धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान
प्रशासन, समाचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

नेपालअखबार,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो । जसअनुसार सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरा र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुम पश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई आउँदो मङ्सिर ५ गतेभित्र कार्यक्रम/योजना प्रस्ताव गर्न मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयका अनुसार सरकारको वार्षिक बजेट तथा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०८१÷८२ का लागि सो कार्यक्रम स्वीकृत भइसकेको छ । उक्त कार्यक्रम प्रभावकारी...
स्वर्णलक्ष्मी सहकारीमाथि अनुसन्धान गर्दै प्रहरी
अपराध, प्रशासन, समाचार

स्वर्णलक्ष्मी सहकारीमाथि अनुसन्धान गर्दै प्रहरी

नेपालअखबार, काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनले भने, ‘कालीमाटी वृतमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट  रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ । २७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट राष्ट्रिय स...
चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात
अर्थ, प्रशासन, समाचार

चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात

नेपालअखबार,काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो । यस्तै सो तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात  गरिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ । यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो । यी खाद्यान्न चीन, भारत, ब्रजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।...
काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ
प्रशासन, समाचार, समाज

काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ

नेपालअखबार,काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका छन्। ‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ। प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’ उनले भनेका छन्। गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो। उक्त स्थानमा फूल तथा माला बिक्री नभएपछि कृषकहरूले त्यत्तिकै छाडेर हिँडेका थिए।गत वर्षको सिकाइ र अभ्यासबाट यस व...
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित
प्रशासन, समाचार, समाज

जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

नेपालअखबार,झापा । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ। निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरुबाट विसं २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो। निगमले ६ वर्षअघि खरिद गरेको जग्गा गतवर्ष नाप जाँच गर्दा दुई बिघा अपुग भएको थियो। खरिद गरेको क्षेत्रफल पुर्‍याउनका लागि निगमले नापी र प्रशासनको सहयोग लिएर छत्रबहादुर र उनको परिवारले भोगचलन गरिरहेको दुई बिगाहामा घेराबेरा गरेपछि जग्गा विवाद सुरु भएको हो। दुई बिघा जग्गा थप नगरी आफ्नो क्षेत्रफल नपुग्ने निगमको भनाइ छ भने बिक्री गरेको श्रेस्ताबाहिर गएर निगमले घेराबेरा गरेपछि आफ्नो जग्गा गुमेको कार्की परिवारको गुनासो छ। ...