Tuesday, August 4

प्रशासन

एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर
प्रशासन, समाचार

एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर

नेपालअखबार, काठमाडौं। गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् । दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । भक्तपुर र ललितपुरमा पनि सीडीओ फेरिएका छन् । भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई र...
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो
प्रशासन, समाचार, समाज

क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो

नेपालअखबार,काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइरहेको प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले राससलाई जानकारी दिए । उनले भने, ‘मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी वागमती नदीमा छाडिएको छ ।’ सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी वागमती नदीमा पठाइएका कारण अहिले वागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका ...
सचिवमा बढुवाका लागि विष्ट सिफारिस
प्रशासन, समाचार

सचिवमा बढुवाका लागि विष्ट सिफारिस

नेपालअखबार,काठमाडौं । रघुराम विष्ट सचिव बढुवाका लागि सिफारिस भएका छन् । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो । ५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गरेको हो । ४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने गरिन्छ । यसअघि ४ पटक कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बष्टि सिफारिस भएका हुन् ।बिहीबार बस्ने मन्त्रिपर...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो । रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।...
छिमेकीका जुत्ता सुँघेको आरोपमा युवकलाई जेल सजाय
प्रशासन, विदेश, समाचार, समाज

छिमेकीका जुत्ता सुँघेको आरोपमा युवकलाई जेल सजाय

नेपालअखबार,ग्रीस । कतिपय मानिसको आनीबानी यस्तो अनौठो र अपत्यारिलो हुन्छ कि त्यसले उनीहरुलाई जेलको हावा खुवाउँछ । ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ। जुत्ता सुँघ्नका लागि पटक-पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । ग्रीसको सिन्दोस सहरमा गत अक्टोबर ८ मा एक युवक पक्राउ परे । बिहान सबेरै छिमेकीको घर परिसरमा छिरेर बाहिर राखिएका जुत्ताहरु सुँघिरहेको अवस्थामा उनलाई देखेपछि छिमेकीले प्रहरीलाई खरब गरेका थिए र पुलिसले उनलाई पक्रिएको थियो । नाम नखुलाइएका ती युवक यसअघि पनि जुत्ता सुँघ्नका लागि आफ्नो घर परिसरमा पटक-पटक लुसुक्क छिर्ने गरेको र उनको त्यस्तो बानीले दिक्क पारेको भन्दै उनीविरुद्ध छिमेकीले प्रहरीमा खबर गरे । पक्राउ गरेर स्थानीय अदालतमा उपस्थित गराइएका ती युवकको बयान तथा प्रमाणहरुका आधारमा अदालतले...
चक्रवाती आँधी ‘दाना’ पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आइपुग्ने
प्रशासन, विदेश, समाचार, समाज

चक्रवाती आँधी ‘दाना’ पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आइपुग्ने

नेपालअखबार,नयाँ दिल्ली । चक्रवाती आँधी दाना आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने बताइएको छ। यसैबिच पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ । ‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ। दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ । दाना आँधी बुधबार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बिचको तटमा पुग्न सक्छ। जसका कारण बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ । पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित ...
तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध
प्रशासन, समाचार, समाज

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो । प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ । महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।...
चितवनका प्रहरी प्रमुख रिमालको सरुवा, मिश्रलाई जिम्मेवारी
प्रशासन, समाचार

चितवनका प्रहरी प्रमुख रिमालको सरुवा, मिश्रलाई जिम्मेवारी

नेपालअखबार,काठमाडौं । प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखमा नयाँ एसपी पठाएको छ । प्रहरी प्रधान कार्यालयले चितवनको एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्यूरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो । आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रिमालको कार्यक्षमतामाथि प्रश्न उठेपछि अवधि नपुग्दै सरुवा गरिएको हो । सामान्यतया इन्चार्ज पाएको मितिले एक वर्ष नपुग्दै सरुवा नगर्ने चलन छ । गत फागुनमा मात्रै एसपी रिमालले चितवनको कमाण्ड सम्हालेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए । चितवनमा पनि रास्वपाका नेता कार्यकर्ताले विरोध गर्दै प्रधानमन्त्री केप...
आज छविलाल जोशीलाई रुपन्देहीबाट पोखरा लगिँदै
प्रशासन, समाचार

आज छविलाल जोशीलाई रुपन्देहीबाट पोखरा लगिँदै

नेपालअखबार ,बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले अहिले साँढे १२ बजेको फ्लाइटमा लिएर जादैछन् । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले  कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।...
नारायणगढ–मुग्लिन सडकको खहरे बाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
प्रशासन, समाचार, समाज

नारायणगढ–मुग्लिन सडकको खहरे बाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

नेपालअखबार, चितवन। नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ। खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैंअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्त सम्ममा सञ्चालनमा आउने गरी काम भइरहेको छ। ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ। आचार्यले भने, ‘दसैंमा कामदार घर गएकाले केही ढिला भयो, यो महिनाको मसान्तसम्ममा काम सकिन्छ।’ पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उनले बताए। पुस मसान्तसम्ममा यो...