विधेयक पास भए गैरआवासीय नागरिकले पाउने छन् यस्तो नागरिकता
नेपालअखबार, काठमाडाैं । सरकारले संसदमा पेश गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ।
संविधानमानै गैर आवासीय नागरिकता दिने प्रावधान अनुरूप सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो।
विधेयकले नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिलाउने नागरिकताको प्रस्ताव गरेको हो। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने प्रस्ताव विधेयकमा छ।
गैर आवासीय नागरिकताका लागि पाँचवटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।
पहिलो, यस्तो नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण।
दोस्रो, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण। तेस्रो, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण।
चौथो, दक्षिण...








