Monday, September 21

प्रशासन

पोखरामा जबर्जस्ती चन्दा उठाउने २ जना पक्राउ
प्रशासन, समाचार

पोखरामा जबर्जस्ती चन्दा उठाउने २ जना पक्राउ

नेपाल अखबार, पाेखरा।  पोखरामा जबर्जस्ती चन्दा उठाउने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ मोतिडाँडा घर भइ हाल काठमाण्डौ तारकेश्वर नगरपालिका ७ मनमैजु बस्ने वर्ष २७ का रविन केसी भनिने ध्वज बहादुर रावत र रोल्पा जिल्ला गंगादेवी गाउँपालिका २ घर भइ काठमाण्डौ महानगरपालिका १६ गोङगबु बस्ने वर्ष २२ का रामकुमार डाँगी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जनाकारी दिए । हमालका अनुसार बुधबार अन्दाजी दिउँसो १:३० बजेको समयमा पोखरा महानगरपालिका ६ हल्लनचोकमा जबर्जस्ती चन्दा असुली रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रावत नेकपा विप्लव समुहका अखिल क्रान्तिकारी, काठमाण्डौ जिल्ला कमिटी सदस्य र डाँगी नेकपा विप्लव समुहका अ...
पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८÷४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्य बताए । १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला रहेका छन् । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो । अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा ब...
महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ
प्रशासन, समाचार

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

नेपाल अखबार, काठमाडौं । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।...
मिर्गौला तस्करीमा नक्कली  बाबुआमा बन्ने २ जना पक्राउ
प्रशासन, समाचार

मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ

नेपाल अखबार ,काठमाडौ । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए । लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको एसएसपी राईले जानकारी दिए । यसअघि मिर्गौला तस्करीमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।...
करमा छुट दिँदै स्थानीय सरकार
अर्थ, प्रदेश ५, प्रशासन, समाचार, हाइलाइट-समाचार

करमा छुट दिँदै स्थानीय सरकार

नेपाल अखबार, अर्घाखाँची। कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि अर्घाखाँचीका स्थानीय तहले विभिन्न करमा छुट गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६÷७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ । सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुरेन्ट, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए । त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए। उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भए...
कास्कीमा भदौं २७ गते देखि सार्वजनिक यातायात संचालन हुने
प्रशासन, समाचार

कास्कीमा भदौं २७ गते देखि सार्वजनिक यातायात संचालन हुने

नेपाल अखबार,पोखरा । कास्की जिल्लामा भदौं २७ गते राती १२ बजेपछि सार्वजनिक यातायात संचालनमा अाउने छ । जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् भोली राती १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ  । सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क र बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गर्नु पर्ने छ  । यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने निर्णय वैठकले गरेको छ । सार्वजनिक यातायात विहान ६ बजेदेखी ८ बजे सम्म संचालन गर्न पाइनेछ ।  मानिसहरु भेला हुन,भीडभाड गर्न ,जुलुलस निकाल्न, जात्रा , महोत्सव , मेला गर्न तथा सबै धर्म संस्कृती,प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न पाइ...
बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ
प्रदेश २, प्रशासन, समाचार

बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

इरफान अलि, बारा । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् । कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले  जानकारी दिए । लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’ कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ ।...
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, पाेखरा। प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। पोखरा महानगरपालिका–१७ दोबिल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। चूडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२ गतेको फैसलाले चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकिएका गिरी फरार थिए। पेशाले ड्राइभर उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।...
१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ
प्रशासन, समाचार, समाज

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

नेपाल अखबार,बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती कि...
जनताको दुःखमा सरकार छ -गृहमन्त्री थापा
प्रशासन, समाचार

जनताको दुःखमा सरकार छ -गृहमन्त्री थापा

नेपाल अखबार, बागलुङ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गर्नुभएको छ ।उहाँले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ-२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताउनुभएको सासंद् पौडेलले जानकारी दिनुभयो । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताउनुभएको छ । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका ल...